जागरण संवाददाता
सुर्खेत २९ पुस ।
आज देशभर आंशिक देखि सामान्य बदली हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनूसार आज देशभर आंशिक देखि सामान्य बदली रहने छ ।
महाशाखाका अनुसार आज दिउसाे र राती देशका अधिकांश भू–भागमा सामान्य बदली रहेने छ । हाल देशमा पश्चिमी वायू तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाे महाशाखाले जनाएकाे छ।
२०७८ पौष ३० गते (शुक्रबार)
भोली प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहने छ ।
राती ः सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने छ । प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७८ माघ ०१ गते (शनिबार)
दिउँसो ः प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ । प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती ः प्रदेश १ र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ ।
हाल देशमा पश्चिमी वायू तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता महाशाखाले अनुराेध गरेकाे छ ।