वीरेन्द्रनगर १० बुदबुदीमा एकै परिवारका ४ जना मृत फेला

जागरण संवाददाता
सुर्खेत,१  माघ ।
वीरेन्द्रनगर १० बुदबुदीमा एकै परिवारका चार जना मृत फेला परेका छन् ।
३२ बर्षिया कल्पना विसी उनका दुई छाेरा (बर्ष ९ र बर्ष ७) र भदै नाता पर्ने बर्ष छ का एक जना मृत फेला परेका हुन । चारै जना हिजाे शुक्रबार बेलुका खाना खाएर एउटै काेठामा सुतेका थिए । घरमा उनीहरूसंगै ससुरा बस्दै आएका थिए । ससुरा विहानै पुजाआजाका लागि मन्दिर गएर अरान्ह ४ बजे फर्किदा काेही पनि उठेकाे नदेखेपछि प्रहरीलाई खबर गरेकाे उनले बताए । घटना स्थलमा पुगेका प्रहरी निरीक्षक कनक शाहीका अनुसार काेठामा भित्रबाट चुक्कुल लगाएर सुतेकाे र सबै जना खाटमा सुतेकाे अवस्थामा भेटिएका छन् । कल्पनाका श्रीमान कृष्ण विसी जाजरकाेटबाट आउदै गरेकाे र उनले आफू आईपुगेपछि अनुसन्धान अघि बढाउन भनेपछि अहिले प्रहरी टाेलीले सुरक्षा दिईरहेकाे प्रनि शाहीले बताए । काेठामा तछलामा काेईला बालेकाे भेटिएकाे शाहीले बताए । घटनाकाे कारण भने अनुसन्धानपछि मात्र खुल्ने शाहीलेफबताए ।
स्थायी ठेगाना शिवालय ६ टाटा गुयाला भएका मृतकका श्रीमान विसी शिवालय गाउपालिकाका स्थास्थ्य शाखा प्रमुख हुन ।