लागु औषध कारोबार गरिरहेको अवस्थामा दश जना पक्राउ

सुर्खेत, ३ माघ (जागरण) । सुर्खेतको वीरेन्द्रनगरको एक होटलमा लागु औषध कारोबार गरिरहेको अवस्थामा प्रहरीले १० जनालाइ पक्राउ गरेको छ ।
वीरेन्द्रनगर– १० मा रहेको होटल बुलबुले भ्यु टुको कोठा नं. २०६ , २०३ र वीरेन्द्रनगर बजार एरिचोकमा लागू औषध कारोबार भई रहेको बिशेष सुचनाको आधारमा प्रहरीले उनीहरूलाइ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरेन्द्ननगर–३ का ३० वर्षीय सुमन खत्री, वडा नम्बर ३ कै २२ वर्षीय कमल डाँगी, वीरेन्द्रनगर–१ का २५ वर्षीय युवराज ढकाल, वीरेन्द्ननगर– ४ का २३ वर्षीय रञ्जित खड्का, २४ वर्षीय सुजन शर्मा, दैलेख नारायण नगरपालिका–८ का २३ वर्षीय दिपक थापा, नारायण नगरपालिका–११ का २९ वर्षीय सागर चन्द, २३ वर्षीय क्षितिज शाही, डुंगेश्वर गाउँपालिका–१ का २४ वर्षीय डम्बर खड्का र कालिकोट महावै गाउँपालिका–३ का २२ वर्षीय जीवन शाही छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयको लागू औषध ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट ६ सय ३० मि.लि. ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ, चरेस र गाँजाको धुलो ३२ ग्रामसहित बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।
उहाका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।