कर्णाली प्रदेश सरकारले सर्बजनिक गर्यो आफ्ना ४० बुँदे उपलब्धी


सुर्खेत, ४ माघ (जागरण) । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले आफु नेतृत्वको सरकारले गरेका ४० बुँदे उपलब्धी सार्बजनिक गर्नुभएको छ ।
सरकारको नेतृत्व गरेयता हालसम्म सरकारले गरिरहेका कामबारे आज पत्रकार सम्मेलनमार्फत सार्बजनिक गर्नुभएको हो ।
उहाले आफ्नो नेतृत्वमा सरकार गठन भएसँगै सरकारका काम–कारवाहीलाई प्रभावकारी र व्यवस्थित बनाउँदै अघि बढिरहेको बताउनुभयो । यसमा कोरोनाको तेश्रो लहरले चुनौती थपेको उहाले उल्लेख गर्नुभएको छ ।
प्रदेश सरकार नागरिकको घर–आँगनको सरकार भएको नाताले जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकता भएको बताउँदै उहाले नागरिकको जिउधनको सुरक्षालाई पहिलो प्राथामिकता दिएर काम भइरहेको बताउनुभयो ।
कर्णालीमा हालसम्म जम्मा जनसंख्याको करिब ४६ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको पहिलो मात्रा र ३३.६ प्रतिशलाई पूर्ण मात्रा खोप लगाइएको मुख्यमन्त्री शाहीले आफ्नो उपलब्धीका रुपमा राख्नुभएको छ ।
त्यसैगरी, ओमिक्रोनको असर न्यूनिकरणका लागि पिसिएमसीको बैठकबाट स्वास्थ्य संस्थाहरूको सवलीकरण, अक्सिजन प्लान्टहरूको सञ्चालन तथा स्वास्थ्यकर्मीहरुको परिचालनको प्रवन्ध मिलाईएको, एम्वुलेन्स खरिद गर्न प्रदेश अस्पताल सुर्खेत, स्वास्थ्य सेवा कार्यालय दैलेख, स्वास्थ्य सेवा कार्यालय जाजरकोट र स्वास्थ्य सेवा कार्यालय सल्यानमा प्रति अस्पताल २० लाखका दरले जम्मा ८० लाख रुपैयाँ पठाइएको, शववाहन खरिद गर्न स्वास्थ्य सेवा कार्यालय दैलेख, स्वास्थ्य सेवा कार्यालय कालिकोट, स्वास्थ्य सेवा कार्यालय सल्यान र स्वास्थ्य सेवा कार्यालय रूकुम पश्चिमलाई प्रति अस्पताल १२ लाखका दरले जम्मा ४८ लाख पठाईएको मुख्यमन्त्री शाहीले आफ्नो सरकारको उपलब्धी बताउनुभएको छ ।
प्रदेश अस्पताल सुर्खेतको मेसिनरी औजार (अनलाइन युपिएस सिस्टम) खरिदको लागि ३८ लाख, प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुर्खेतको लागि आवश्यक मेसिनरी औजार खरिदको लागि २ करोड तथा पञ्चपुरी नगरपालिका सुर्खेतको कोभिड–१९ व्यवस्थापकीय खर्चको लागि १० लाख गरी जम्मा २ करोड ४८ लाख बजेट पठाइएको मुख्यमन्त्री शाहीले बताउनुभयो ।
जिल्लास्थित विभिन्न स्थानीय तहहरूमा कर्णाली प्रदेशबाट स्थापना भई संचालनमा रहेका ६६ सामुदायिक स्वास्थ्य एकाईहरूको लागि प्रति एकाई ५ लाखका दरले जम्मा ३ करोड ३० लाख सम्बन्धित स्थानीय तहलाई बजेट उपलब्ध गराइ सामुदायिक स्वास्थ्य एकाईहरूको सेवा निरन्तर दिइएको, कोरोनाको पहिलो र दोस्रो लहरमा कर्णाली प्रदेशले अक्सिजनको अभाव हुन नदिन कर्णाली प्रदेश अस्पतालसहित विभिन्न जिल्लामा अक्सिजन प्लान्ट स्थापना गरिएको सरकारको उपलब्धीका रुपमा लिइएको छ ।
यस्तै, यातायात कार्यालयमा विचौलिया हटाउन प्रयास अन्तरगत सि.सि. क्यामेरा जडान, अनलाईन दर्ता प्रणालीको व्यवस्थापन, परीक्षणकालिन लाईसेन्स, प्रदेशबाट प्रिन्टीङ्ग गर्ने व्यवस्था अगाडि बढाईएको, मुख्यमन्त्री रोजगार कार्यक्रमबाट ७१५ वडाको लागि १०५५ आयोजनाहरूको छनौट भई कार्यान्वयको लागि बजेट सम्बन्धित स्थानीय तहमा पठाइएको, कर्णाली उज्यालो तथा एकीकृत बस्ती विकास कार्यक्रमतर्फका आयोजना छनौट भई कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहमा कार्यान्वयका लागि बजेट तथा कार्यक्रम पठाइएको लगायतका उपलब्धी भएको उहाले जानकारी गराउनुभएको छ ।
तर मुख्यमन्त्रीमा नियुक्त भएको लामो समय वितिसक्ता पनि मन्त्री परिषद्ले पूर्णता पाएको छैन् । गठबन्धनमा बनेका सरकारभित्र खटपट शुरु भएको उहाले संकेत गर्नुभएको छ ।
उहाले माओवादी सांसद ठम्मर विष्ट प्रति लक्षित गर्दै उहाले संसदमा बोलेको कुराको खण्डन गर्नुभयो ।
विष्टले मुख्यमन्त्री शाहीले लामो समयसम्म मन्त्रीमण्डललाई विस्तार गर्न चासो नदिएको भन्दै आलोचना गर्नुभएको थियो । मुख्यमन्त्री शाहीको संकेतले सत्ता साझेदार दलकै असहयोग रहेको बुझिएको छ ।

मुख्यमन्त्रीले सार्वजनिक गरेका उपलव्धीहरू

नेपालमा कोभिड–१९ को तेस्रो लहर ओमिक्रोन भाइरसको संक्रमण बढ्न थालेको छ । कर्णाली प्रदेश पनि त्यसबाट अछुतो रहन सक्दैन् । मेरो नेतृत्वमा सरकार गठन भएसँगै सरकारका काम–कारवाहीलाई प्रभावकारी र व्यवस्थित बनाउँदै अघि बढिरहेका बेला अव कोभिड–१९ को तेस्रो लहरसँग जुध्नुपर्ने परिस्थिति आएको छ । प्रदेश सरकार नागरिकको घर–आँगनको सरकार हो । त्यसैले जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकता हो ।
पछिल्लो एक महिनाको अवधिमा कर्णालीमा २४५ जनामा कोरोना संक्रमण देखिएको छ । २१० जनाको पिसीआर परीक्षण गर्दा ६६ जना र एक हजार ३७२ जनाको एन्टिजिन परीक्षण गर्दा १७९ जनामा कोरोना पोजेटिभ देखिएको छ । अहिले कर्णालीमा २२८ जना होम आइसोलेसन र संस्थागत आइसोलेसनमा २ जना रहनु भएको छ ।
हालसम्म कर्णालीमा खोप अभरेज दर ः
कुल जनसंख्याको पहिलो मात्रा ः ४५.४ प्रतिशत
पूर्ण मात्रा ः ३३.६ प्रतिशत
लक्षित समूहतर्फ ः
१२ देखि १७ वर्षसम्मको पहिलो मात्रा ः ७८.६ प्रतिशत
१८ वर्षमाथि पहिलो मात्रा ः ५५.७ प्रतिशत
पूर्ण मात्रा ः ५१.३ प्रतिशत
ओमिक्रोनको असर न्यूनिकरणका लागि पिसिएमसीको बैठकबाट स्वास्थ्य संस्थाहरूको सवलीकरण, अक्सिजन प्लान्टहरूको सञ्चालन तथा स्वास्थ्यकर्मीहरुको परिचालनको प्रवन्ध मिलाईएको छ ।
एम्वुलेन्स खरिद गर्न प्रदेश अस्पताल सुर्खेत, स्वास्थ्य सेवा कार्यालय दैलेख, स्वास्थ्य सेवा कार्यालय जाजरकोट र स्वास्थ्य सेवा कार्यालय सल्यानमा प्रति अस्पताल रू. २० लाखका दरले जम्मा रू. ८० लाख रुपैयाँ पठाइएको छ ।
शववाहन खरिद गर्न स्वास्थ्य सेवा कार्यालय दैलेख, स्वास्थ्य सेवा कार्यालय कालिकोट, स्वास्थ्य सेवा कार्यालय सल्यान र स्वास्थ्य सेवा कार्यालय रूकुम पश्चिमलाई प्रति अस्पताल रू. १२ लाखका दरले जम्मा रू. ४८ लाख पठाईएको छ ।
प्रदेश अस्पताल सुर्खेतको मेसिनरी औजार (अनलाइन युपिएस सिस्टम) खरिदको लागि रु. ३८ लाख, प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुर्खेतको लागि आवश्यक मेसिनरी औजार खरिदको लागि रू. २ करोड तथा पञ्चपुरी नगरपालिका सुर्खेतको कोभिड–१९ व्यवस्थापकीय खर्चको लागि रू. १० लाख गरी जम्मा रू. २ करोड ४८ लाख बजेट पठाइएको छ ।
स्वास्थ्य संस्था तथा सुरक्षा निकायलाई पूर्ण सतर्कता र तयारी अवस्थामा राखिएको छ । प्रदेशबासीहरुमा स्वास्थ्य सतर्कता र सुरक्षित व्यवहारका लागि सरकारले अपिलसमेत गरेको छ ।
जिल्लास्थित विभिन्न स्थानीय तहहरूमा कर्णाली प्रदेशबाट स्थापना भई संचालनमा रहेका ६६ सामुदायिक स्वास्थ्य एकाईहरूको लागि प्रति एकाई रू. ५ लाखका दरले जम्मा रू. ३ करोड ३० लाख सम्बन्धित स्थानीय तहलाई बजेट उपलब्ध गराइ सामुदायिक स्वास्थ्य एकाईहरूको सेवा निरन्तर गरिएको छ ।
कोरोनाको पहिलो र दोस्रो लहरमा कर्णाली प्रदेशले अक्सिजनको ठूलो अभाव भोग्नुप¥यो । त्यही अभाव पूर्तिका लागि यो अवधिमा कर्णाली प्रदेश अस्पतालमा १, वीरेन्द्रनगर नगरपालिकासँगको साझेदारी एवम् चौधरी फाउण्डेशनको सहयोगमा वीरेन्द्रनगर नगर अस्पतालमा १, गुर्भाकोट नगरपालिकास्थित मेहलकुना अस्पतालमा यूएनडिपीको साझेदारीमा १, जिल्ला अस्पताल दैलेखमा १, कालिकोटमा १, रुकुम पश्चिममा १ गरेर आठ वटा जिल्लामा अक्सिजन प्लान्ट स्थापना गरिएका छन् ।
कोरोनाको संभावित तेस्रो लहर रोक्नका लागि सरकार हरसंभव प्रयास गरिरहेको छ । यसका लागि कर्णाली भित्रिने मुख्य तीन वटा नाकाहरु मध्ये सुर्खेतको कुइनेमा अष्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टल एसोसिएसन र अष्ट्रेलिया नेपाल फ्रेण्डसीप सोसाइटीको सहयोग तथा वीङ्स फाउण्डेशनको समन्वयमा भदौ १ गतेदेखिनै कोरोना परीक्षण तथा जामुमा १५ बेडको अस्पताल सञ्चालनमा ल्याएको छ ।
कर्णालीको मुख्य प्रवेशद्वार बबईबाट भारत, तेस्रो मुलुक र अन्य प्रदेशबाट आउने नागरिकहरुलाई भेरीगंगा नगरपालिका–१२ स्थित सरुवा रोग अस्पताल निर्माण हुने स्थलमा होल्डिङ सेन्टर निर्माणको काम सुरु गरिएको छ ।
कर्णाली प्रदेश अस्पताललाई संक्रमितको चाप घटाउनका लागि भेरीगंगा, गुर्भाकोट र पञ्चपुरी तथा सल्यानको कपुरकोटमा विगतमा स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टिन र आइसोलेसन सेन्टरलाई पुनः सञ्चालनमा ल्याउने तयारी थालिएको छ ।
मेरो नेतृत्वमा सरकार गठन भए पश्चात कोभिड नियन्त्रण, नियमित कार्यक्रम सञ्चालन तथा व्यवस्थापन, अनुगमन र विपद् व्यवस्थापनतर्फ संवेदनशील हुँदै समय पालनामा जोड दिँदै आएको छ ।
ड्ड चालू आर्थिक वर्षको यस अवधिमा ७ वटा मन्त्रिपरिषद्को बैठकबाट १७ निर्णय भएका छन् । मन्त्रिपरिषद् बैठक प्रत्येक बुधवार ४ बजे बस्नेगरी ब्यवस्थित गरिएको छ । प्रदेश सरकारका बैठक तथा कार्यक्रमहरू निर्धारित समयमानै शुरू गर्ने अभ्याश थालनी भएको छ ।
मन्त्रालयहरू, सार्वजनिक सेवाको गुनासो उठेका कार्यालयमा आफैसमेत अनुगमन गरी सुधारका प्रयास थालनी गरिएका छन् । अनुगमन पश्चात सहिद पार्कमा सुरक्षा व्यवस्थापन, यातायात कार्यालय, प्रदेश अस्पतालको सेवा प्रवाहमा उल्लेख्य सुधार भएको छ ।
यातायात कार्यालयमा विचौलिया हटाउन प्रयास अन्तरगत सि.सि. क्यामेरा जडान, अनलाईन दर्ता प्रणालीको व्यवस्थापन, परीक्षणकालिन लाईसेन्स, प्रदेशबाट प्रिन्टीङ्ग गर्ने व्यवस्था अगाडि बढाईएको छ ।
छायाँनाथरारा नगरपालिका वडा नं. १ को गमगढी, मुगुमा भएको आगलागीका पीडितहरुलाई सरकारकोतर्फबाट तत्काल राहत सामाग्री वितरण गर्नुका साथै रु. ६१,८५,०००÷–(अक्षेरुपी एकसठ्ठी लाख पचासी हजार) जिल्ला प्रशासन कार्यालय, मुगुलाई पठाईएकको छ ।
करिव दुई करोड बराबरको विपद् सामाग्री खरिदको लागि बोलपत्र आह्वान गरिएको छ । हस्तान्तरित गोदाम घरको करिव ५२ प्रतिशत निर्माण कार्य सम्पन्ना भएको छ ।
मुख्यमन्त्री रोजगार कार्यक्रमबाट ७१५ वडाको लागि १०५५ आयोजनाहरूको छनौट भई कार्यान्वयको लागि बजेट सम्बन्धित स्थानीय तहमा पठाई सकिएको छ । कर्णाली प्रदेशमा बेरोजगारी र गरिवी समस्या समाधानका लागि कर्णाली प्रदेश सरकारका बजेट तथा कार्यक्रमहरू परिलक्षित छन् ।
कर्णाली उज्यालो तथा एकीकृत बस्ती विकास कार्यक्रमतर्फका आयोजना छनौट भई कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहमा कार्यान्वयका लागि बजेट तथा कार्यक्रम पठाई सकिएको छ ।
सशर्त कार्यक्रममार्फत प्रदेश र स्थानीय तहको द्वन्द्वपीडित घाइते अपाङ्ग उपचार खर्च कार्यविधि, २०७८, सहिद स्मृति भत्ता वितरण कार्यविधि, २०७८, घाइते अपाङ्गता भएका व्यक्तिलाई जीवननिर्वाह भत्ता वितरण कार्यविधि, २०७८ मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।
२०७१ सालको सुर्खेतका बाढीपीडितको रकम करिव १२ करोड स्थानीय तहलाई निकासा गरिएको छ । द्वन्द्वपीडित घाइते उपचार कार्याविधि बमोजिम सम्झौता भएको अस्पताललाई रकम निकासा गरिएको छ ।
प्रदेशस्तरबाट एफ.एम. रेडियोहरुको दर्ता सञ्चालन तथा नियमनको कार्य अगाडी बढेको छ । हालसम्म ५ वटा एफ.एम. इजाजत तथा फ्रिक्वेन्सीको कार्य अगाडि बढेको छ ।
कर्णाली प्रदेश प्रसारण नियमावली २०७६ मा संसोधन गरी सञ्चार माध्यमको आ.व. ०७८÷०७९ को नविकरण दस्तुर छुट गरिएको र रोयल्टी शुल्क १ प्रतिशत कायम गरिएको छ ।
राराताल साईकल परिक्रमा मार्ग निर्माणको लागि टेण्डरको सुचना मिति २०७८।०९।१ मा प्रकाशन भएको छ ।
प्रादेशिक जडीबुटी प्रशोधन तथा व्यापार केन्द्रको डिपीआर स्वीकृत, आइईई तथा जग्गा प्राप्तीको प्रक्रिया प्रगतिमा रहेको छ ।
व्याज अनुदान कार्यक्रमतर्फ व्याज अनुदान लिने व्यवसायी संख्या ५० जना र सहकारी संस्थातर्फ ५४५ व्यवसायीले व्याज अनुदान लिएका छन् ।
हालसम्म बैंकबाट अनुदान लिने व्यवसायी ८२० जना (बैंक २०९, सहकारी ६११) लाई रू. १ करोड ५१ लाख व्याज अनुदान भुक्तानी भएको छ ।
खानेपानी तथा उर्जा विकास कार्यालयहरुको नाम र दरवन्दी संरचनामा देखिएको समस्या समाधान भई कार्यालयहरु सञ्चालनमा आएका एीःद्यक्ष्क् मा बजेट सुधारसमेत भइ सकेको छ ।
क्रमागत आयोजनाहरुको बढ्दो संख्या र लागत भारले प्रदेशको कोषमा पारेको प्रभावलाई न्यूनीकरण गर्न ठूला र क्रमागत आयोजनाहरुलाई संघीय समपूरक र विशेष अनुदान माग गरिएको छ ।
यस अवधिमा चालू खर्च १४.७८ प्रतिशत र पुँजीगत खर्च ६.०५ प्रतिशत गरी औषतमा ९.५ प्रतिशत बजेट खर्च प्रगति भएको छ । राजश्व आम्दानी रु. तीन अर्ब, ६४ करोड, ६७ लाख ६ हजार ९५२ (घटद्धटठण्टढछद्द० रहेको छ । प्रगति प्रतिशत अपेक्षाकृत नभएता पनि विगत वर्षहरूको चालू अविधको तुलना सन्तोषजनक देखिएको छ ।
२०७६ सालमा गठित सरकारले गरेको प्रदेश सरकारको संङ्गठन तथा व्यवस्थापन सर्वेक्षण उपर चित्त नबुझी केही सेवा समूहका कर्मचारीहरू सम्मानित अदालत पुगेका थिए । इ७ः सम्बन्धमा सम्मानित अदालतबाट केही कार्यालयहरूको सन्दर्भमा संघीय सरकारले निर्धारण बमोजिम पूर्ववत अवस्थामा जान आदेश भए बमोजिम कार्यालय तथा जनशक्ति व्यवस्थापन गर्नुभनी अन्तरिम आदेश भएको, जसका कारण विकासका गतिविधि अगाडि बढाउन कठिनाई भएको थियो र कर्मचारीसमेतलाई तलव भत्ता दिन सक्ने अवस्था थिएन् । हाल सरकारको पहलमा उक्त रिट उच्च अदालतबाट खारेज भइसकेपछि सहज रुपमा कामकाज अघि बढेका छन् भने कर्मचारीको बृत्तिविकासका लागि र इ७ः सम्वन्धी पुनरावलोकन गर्न समिति गठन गरिएको छ ।
संघीय र प्रदेश सरकारबाट सञ्चालनमा रहेका, लामो समयदेखि रुग्ण अवस्थामा रहेका विकास निर्माणका योजनाहरुका सन्दर्भमा प्रदेश र संघीय तहका पूर्वाधार निर्माण सम्वन्धी १० वटै जिल्लाका कार्यालय प्रमुखहरुसँग छलफल गरी समन्वय तथा कार्य अघि बढाइएको ।
कर्मचारी समायोजनमार्फत आवश्यक मात्रामा कर्मचारी कर्णाली प्रदेशमा नआएको विधितै छ । अझै पनि दरवन्दी बमोजिम कर्मचारीको पदपूर्ति हुन सकेको छैन । अब प्रदेश लोकसेवा आयोगले पदपूर्ति थालेको छ । तत्काल आवश्यक पर्ने प्राविधिक पदहरूमा केही मन्त्रालयले सेवा करारमा पदपूर्ति गरिसकेका छन् भने केही मन्त्रालयहरूबाट सूचनासमेत जारी भईसकेको छ ।
प्रदेश सरकारलाई भूमि अधिकार नहुँदा प्रदेश सरकारको एकीकृत भवन र मातहत निकायका भवन संरचना निर्माणमा कठिनाई भएको छ । प्रदेश सरकारले पुनः जग्गा प्राप्तीको प्रक्रिया अगाडि बढाएको छ ।
सुर्खेत उपत्यकाबाहिरबाट उपचारका लागि आउने कर्णालीका नागरिकहरुलाई सस्तो र सहज बासका लागि ‘कर्णाली नागरिक अतिथि आवास गृह’ निर्माणको काम अघि बढेको छ । यसका लागि चालू आर्थिक वर्षमा प्रदेश सरकारले पाँच करोड रुपैयाँ विनियोजन गरेर वीरेन्द्रनगर नगरपालिकामार्फत काम अघि बढाइएको छ ।
वीरेन्द्रनगर–२ स्थित उत्तरगंगा मन्दिरमा एक करोड रुपैयाँको लागतमा किरियापुत्री भवन निर्माणको प्रक्रिया अघि बढेको छ ।
कर्णाली प्रदेशको पहिलो गौरवको आयोजना ‘प्रदेश रंगशाला’ निर्माण प्रक्रिया अघि बढेको छ । प्रदेश रंगशाला शिलान्यास लगत्तै प्रि–मास्टर प्लानको कार्य सम्पन्न भएको छ । प्रदेश रंगशालाभित्रै नेपालमै पहिलो पटक अन्र्तराष्ट्रियस्तरको भलिवल कवर्डहल निर्माण हुँदैछ ।
‘एक जिल्ला, फुटवल मैदान’ निर्माणका लागि १० वटै जिल्लामा उपर्युक्त स्थान छनोट गरी १ करोड रुपैयाँ पठाइएको छ ।
खेलाडी प्रोत्साहन कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।
एक विद्यालय, एक स्वास्थ्यकर्मी कार्यविधि तयार गरेर कार्यान्वयन चरणमा रहेको छ ।