कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर लागुऔषध कारोबारको हब बन्दै

सुर्खेत, ४ माघ (जागरण) । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर लागुऔषध कारोबारको केन्द्र बन्दै गएको छ । सुर्खेत प्रहरीले विगत २० दिनमा १८ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार विगत २ दिनमा मात्र १४ जना लागुऔषध कारोबारीहरुलाई पक्राउ गरिएको छ ।
शुक्रबार वीरेन्द्रनगरको बसपार्क क्षेत्रमा रहेको होटेल ‘बुलबुले भ्यु टु’बाट १० जनालाई पक्राउ गरेको प्रहरीले आइतबार थप चार जनालाई वीरेन्द्रनगर–६ बाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१२ बस्ने ३० वर्षीय भुगोल गुरुङ, २२ वर्षीय विप्लव सुवेदी, वडा नं. १० बस्ने वर्ष १८ का युनिस नेपाली र वडा नं. ३ बस्ने वर्ष १९ की पूजा कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी राम प्रसाद घर्तीले जानकारी दिनुभयो ।