पावर परियोजनाले किशोर किशोरीको जीवन रुपान्तरण गर्नेछ ः अध्यक्ष वस्नेत

भावना राना
सुर्खेत, ६ माघ ।
सुर्खेतको बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले बराहतालका बालबालिका तथा किशोर किशोरीको जीवन रुपान्तरणका लागि पावर परियोजनाले योगदान गर्ने विस्वास व्यक्त गर्नुभएको छ ।
परियोजनाले सन् २०२२ मा सञ्चालन गर्ने गतिविधिका बारेमा बुधबार आयोजना गरिएको सुरुवाती बैठकमा गाउँपालिका अध्यक्ष वस्नेतले यस्तो बताउनुभएको हो । सन २०२१ देखि सुरु भएको परियोजनाबाट जिविकोपार्जन तथा शिक्षा, यौन तथा प्रजन्न स्वास्थ्य, सरसफाईमा योग्दान पुग्ने विश्वास लिएको बताउनुभयो । सेभ द चिल्ड्रेनको सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपालले बराहताल र वीरेन्द्रनगरमा पावर परियोजना सञ्चालन गरेको छ । परियोजनाले असमानता तथा भेदभावमा परेका किशोर किशोरी तथा युवाहरुको सर्वाङ्गिण विकास गर्ने उद्देश्य लिएकोले उद्देश्य प्राप्तीका लागि गाउँपालिकाको सहयोग महत्वपूर्ण हुने स्याक नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले बताउनुभयो । परियोजना संयोजक तेज सोनामका अनुसार १३ देखि २४ वर्ष उमेर समुहका अति गरिब तथा विपन्न परिवारका किशोर किशोरीलाई किशोर किशोरीहरुलाई जीवनउपयोगी सिप सम्बन्धि तालिम दिने, लैङ्गिक परिवर्तन तथा समावेशितामा आधारित कार्यात्मक साक्षरतामा वृद्धि गर्ने,े रोजगारीमा पहँुच पुर्याउने, व्यवसाय प्रवद्र्धन व्यावसायिक तथा उद्यमी दक्षतामा वृद्धि गर्ने जस्ता कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार किशोर किशोरीको व्यक्तिगत बिकास तथा वित्तिय सशक्तिकरणका निम्ति अपाङ्गमैत्री, लैङ्गिकमैत्री नीति तथा योजनाको निर्माण गरी युवाहरुको आर्थिक सशक्तिकरणको पाटोमा वकालतका निम्ति स्थानीय निकाय सँग जोडने काम पनि गर्ने परियोजनाले गर्ने छ ।
सन् २०२१ मा पनि यो परियोजनाले वराहतालका विभिन्न विद्यालय बाहिर रहेका किशोर किशोरीको शिक्षामा पहँुच तथा परिवारको वित्तिय पहुँचमा वृद्धि गर्ने, सरसफाईमा पहुँच सम्बन्धि बाधामा सुधार गर्ने जस्ता विभिन्न उपलब्धिमुलक कार्यक्रम गरेको थियो । पावर परियोजना २०२६ जुनसम्म सञ्चालन हुनेछ । स्याक नेपालका कार्यसमिति सदस्य नवराज खड्काले परियोजनालाई सफल पार्न गाउँपालिकाले दिएका सुझावलाई आत्मसाथ गरेर अघि बढ्ने बताउनुभयो ।