वर्षादको समयमा कस्ता तरकारी वाली लगाउने ? विज्ञ यसो भन्छन् (अडियोसहित)

सुर्खेत, ६ असार (जागरण) । अहिले किसानहरु खेतीपातीको काममा व्यस्त छन् । वर्षादको समय शुरु भएसँगै अहिले किसानहरुलाई यतिबेलाको सिजनमा तरकारी लगाउने चटारो पनि छ । अहिलेको समयमा कस्तो किसीमको तरकारी लगाउने भन्ने कुरा किसानलाई थाहा नहुँदा समस्या पनि हुने गर्दछ । यसै विषयमा रहेर आज हामीले जिल्ला कृषि विकास कार्यालय सुर्खेतका सहायक कृषि विकास अधिकृत यादव केसीसँग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मी मुना हमालले वर्षादको समयमा कस्ता खाले तरकारी लगाउँदा उपयुक्त हुन्छ भनेर सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी