कर्णाली प्रदेश सरकारको सडक सञ्जालमा प्रगती, ६ महिनामा सवा एक किलोमिटर सडक कालोपत्रे

सुर्खेत, १५ माघ (जागरण) । कर्णाली प्रदेश सरकारले ६ महिनाको अवधिमा १ दशमलव ३ किलोमिटर सडक कालोपत्रे गरेको छ । भने प्रदेशका दशवटै जिल्लामा ८७ किलोमिटर नयाँ सडकको ट्रयाक खोलेको छ ।
प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका अनूसार कालोपत्रे भएको सडक सुर्खेतको मात्रै हो ।
यो अवधिमा सरकारले १५ किलोमिटर सडकको स्तरोन्नती गरेको जलश्रोत तथा उर्जा विकास महाशाखा सि.डि.ई रमेश सुवेदीले कर्णाली रैबारलाई जानकारी दिनाुभयो ।
उहाँका अनुसार यस अवधिमा २ वटा नयाँ मोटरेवल पुल र एउटा झुलुङ्गे पुल निर्माणको काम सम्पन्न भइसकेको छ, भने अन्य पुल निर्माणाधीन अवस्थामा रहेका छन् ।
सरकारले जनता आवास कार्यक्रम अन्तर्गत प्रदेशभर ५ सय ५१ वटा घरको निर्माण सम्पन्न गरेको छ भने ७ सय ४५ वटा घर निर्माण भइरहेका सुवेदीले बताउनुभयो ।
तातो नहुँदासम्म कालोपत्रे गर्ने काम सुरु नहुने भएकाले पनि प्रथम चौमासिकमा सरकारको प्रगति कमै देखिएको उहाँको भनाइ छ ।
सुर्खेत बाहेका अन्य हिमाली र पहाडी जिल्लाहरुमा अहिले सम्झौताका काम भइरहेका उहाले जानकारी दिनुभयो ।
ओएनएम विरुद्ध अदालतमा मुद्धा परेकाले केही महिना काम गर्न दुविधा भएको भन्दै उहाँले अहिले मुद्धाको समामाधान भइसकेकाले भौतीक पूर्वाधाका काम अगाडी बढेको उहाको भनाई छ ।
त्यसैगरी मन्त्रालयले सर्भे भएका सडक, विभिन्न सार्वजनिक भवन पार्क निर्माण लगायतका काम भएका छन् ।
प्रदेश सरकार गठन भएयता विकासका काममा खासै प्रगती नभएको भन्दै नागरिक समाजले भने आलोचना गर्दै आएका छन । गत बर्षसम्म प्रदेश सरकारले २९ किलोमिटर मात्रै सडक कालोपत्रे गरेको छ ।