सुर्खेत, ७ असार (जागरण) । कर्णाली प्रदेशका सांसद धर्मराज रेग्मीले प्रदेशसभाको कार्यव्यवस्था परामर्श समिति सदस्यबाट राजीनामा दिनुभएको छ ।
संसदको आजको बैठकका लागि एजेण्डा तय गर्न बसेको बैठकमा सभामुख राजबहादुर शाहीसँग विवाद भएपछि उहाँले राजीनामा दिनुभएको हो ।
सभामुख शाहीलाई संसद प्रभावकारी र मर्या्दित बनाउने सुझाव दिँदा नमानेपछि आफूले राजीनामा दिएको सांसद रेग्मीले बताउनुभयो ।
आजको संसद बैठकमा पनि सरकारले सार्वजनिक गरेको बजेट बारे छलफल गर्नुपर्ने अडान आफूले राखेको उहाँको भनाई छ ।
सभामुखले बजेटको छलफल नभई अन्य विधेयकहरुलाई कार्यसूचीमा राख्नुपर्ने तर्क गर्दा विवाद शुरु भएपछि आफूले राजीनामा दिएको सांसद रेग्मीले जानकारी दिनुभयो ।