राप्रपाबाट अलग भएको कमल थापाको घोषणा

हेटौडा, २५ माघ (जागरण) । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । मंगलबार हेटौंडामा पत्रकारहरुसँग कुरा गर्दै थापाले भने्, ‘३१ वर्ष लामो पार्टीको सम्बन्ध टुट्न गएको छ, आजबाट म राप्रपाबाट अलग भएको छु ।’
थापाले मंगलबार नै एक विज्ञप्ति जारी गरी पार्टीभित्र सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हावी भएको त्यसलाई सुधार गरेर जाने आफ्नो चाहनाको सुनुवाइ नभएकाले अलग भएको बताएका छन् ।
उहाले अत्यन्त भारी मन र पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
गत मंसिरमा भएको पार्टी महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले महाधिवेशनमा पूर्वराजाको हस्तक्षेप भएको दावी गर्नुभएको थियो । र त्यसको छानबिन गर्न माग गर्नुभएको थियो ।
हेर्नुहोस, विज्ञप्ती