स्थानीय सरकारको पाँच बर्षः उद्योग स्थापनामा बेवास्था

नन्द कठायत ।
सुर्खेत, २८ माघ । कर्णालीका स्थानीय सरकारहरुले उद्योग स्थापनामा चासो नदिएको नागरिकहरुले बताएका छन ।
जनप्रतिनिधिहरु निर्वाचित भएको पाँच बर्षसम्म पनि उद्योग स्थापना हुन नसकेको उनिहरुले बताएका हुन ।
स्थानीय स्रोत साधनको सदुपयोग गर्दै स्थानीय तहमा नै रोजगारी सिर्जना, जीविकोपार्जन र गरिबी निवारण गर्न सरकारले गाउँ तहसम्म साना उद्योग विस्तार गर्ने नीति लिएको छ । तर कर्णालीका स्थानीय सरहकाहरुले उद्योग स्थापना र संचालनमा मा बेवास्ता गर्ने गरेको नागरिकको गुनासो छ ।
उद्योग क्षेत्रलाई स्थानीय सरकारले गम्भीरताका साथ नहेर्दा युवाहरु विदेशिनुपर्ने बाध्यता रहेको युवाहरुको भनाई छ ।
सरकारले उद्योगको स्थापना नगर्दा स्थानीय स्तरमा उपलब्ध हुने कच्चा पदार्थ खेर गइरहेको छ ।
सरकारले प्रदान गर्ने अनुदान र समर्थनको असमान वितरणका कारण स्थानीय स्तरमा रोजगारीकमो व्यावस्था नहुदा आमनागरिक निरुत्साहित हुन थालेको कालिकोटको खाँडाचक्र नगरपालिका १० का स्थानीय जनक बहादुर शाहीले कर्णाली रैबारलाई बताउनुभयो ।
यस्तै सुर्खेतको लेकवेसी नागरपालिका स्थानीय गोबिन्द चपाईले पनि स्थानीय सरकारले सानो तिनो तालिम दिइएपनि तालिम अनूसारको चाहीने उपकरण उपलब्ध नगराउदा आफ्नो व्यावसाय अपनाएर उद्योग स्थापना गर्ने अवस्था सिर्जना नभएको बताउनु्भयो ।
यता, स्थानीय सरकारले भने उद्योग स्थापनाका लागि छुटै् स्थानको अभाव रहेको बताएका छन् ।
उद्योग क्षेत्र नहुदा स्थानीय साना उद्योगीहरूले धेरै रकम तिर्नुपर्ने वा आफैले लगानी गरेर उद्योग स्थापना गर्नुपर्ने बाध्यता छ ।
जुम्लाको गुठिचौर गाउँपालिका अध्यक्ष हरि बहादुर भण्डारीले स्थानीय स्रोत, कच्चा पदार्थ, सीप र साधनको परिचालन गरी साना फलफूल, जडीबुटी र सुइटर जस्ता उद्योगहरु सञ्चालनमा गरिएको भएपनि प्रभावकारी हुन नसकेको बताउनुभयो ।
उद्योगका लागि आवश्यक पर्ने दक्ष जनशक्तिसमेत अभाव छ । सल्यानकोसिद्ध कुमाख गाउँपालिकाले भने अहिले सम्म कुनै पनि उद्योग स्थापनाको पहल चालेको छैन ।
गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउने उद्यमशीलताको तालिमहरु दिइएपनि त्यस्ता उद्योगहरु सञ्चालनमा नरहेको बताउनुभयो ।