एमसीसीको विरोधमा पाँच राजनितिक दलद्वारा नेपाल बन्दको आव्हान

काठमाडौं, ३ फागुन । सरकारले भोलि बस्ने प्रतिनिधीसभा बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबुल गर्ने तयारी गरेको छ ।
सरकारको नेतृत्वकर्तादल नेपाली काँग्रेसले सोमबार गरेको निर्णयसँगै एमसीसी अगाडी बढ्ने पक्कापक्की भएपछि एमसीसी सम्झौता खारेज हुनुपर्ने माग गर्दै आएका दलहरुले भोलिका लागि नेपाल बन्दको आह्वान गरेका छन ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा लगायत ५ पार्टीले भोलि (बुधबार) नेपाल बन्द आह्वान गरिएको जानकारी दिएका हुन ।