जडीबुटीबाट समृद्धि हासिल गर्ने सरकारको योजना कागजमा मात्र सिमित

सुर्खेत, ६ फागुन (जागरण) । कर्णाली प्रदेश समृद्धिका मुख्य आधार मध्य जडिबुटी एक हो । प्रदेश सरकारले पनि सुरुदेखि नै जडिबुटीलाई प्रदेश समृद्धिको आधारका रुपमा ब्याख्या गर्दै आएको छ । तर प्रदेश सरकारको उक्त ब्याख्या कागज र भाषणमा मात्रै समिति भएको छ ।
जडिबुटीबाट आम्दानी लिनका लागि प्रदेश सरकारले हालसम्म न त कुनै ठोस योजना बनाएको छ न त कुनै देखिने कार्य नै गरेको छ । कर्णालीमा बहुमुख्य जिवन बुटी भनेर चिनिने यार्सा गुम्बादेखि विभिन्न प्रकारका जडिबुटीहरु पाइन्छन् । तर सरकार तर्फबाट भने कर्णाली कति प्रकारका जडिबुटी पाइन्छन र कुन ठाउँमा कुन जडिबटी पाइन्छ भन्ने अध्ययन समेत भएको छैन् ।
जडिबुटीबाट प्रशस्त आम्दानी लिन सकिने आधार हुँदा हुँदैपनि प्रदेश सरकारले त्यसका लागि उचित ध्यान नदिएको जडिबुटी व्यावसायीहरु बताउछन् । कर्णालीमा अहिलेसम्म स्थानीय व्यापारीहरुले जडिबुटी संकलनगरी निकासी मात्रै गर्दै आएका छन् । ससरकारबाट उचित सहयोग नहुँदा ती व्यावसासिंकलन तथा प्रशोधन गरी विक्री गर्न सके राम्रो आम्दानी लिन सक्ने संभावना ह तथा जप्रदेशमा जडिबुटी संकलन र भण्डार केन्द्र नहुदा व्यावस्थापमा समस्या भएको जडिबुटी व्यावसायीहरुले बताएका छन् ।
कालिकोटको पचालझरना जडिबुटी प्रसोधन उद्योगका सञ्चालक तुलराज कठायतले सरकारी स्तरबाट संकलन र भण्डारणका लागि कुनै पहल नहुदा जडिबुटी खेर जाने र विदेशमा अवैध निकासी समेत हुने गरेको बताउनुभयो
कर्णालीबाट निर्यात हुने जडिबुटीमा स्थानीय स्तरदेखि ढुवानी गर्दासम्म तेब्बर करका कारण चोरी बाटोबाट निर्यात भइरहेको छ । ढुवानीका क्रममा दलालहरुले छुट्टै रकम अशुल्दा सम्वन्धी ठाउँमा पुग्दा जडिवुटी धेरै महगो हुने गरेको छ ।
कर्णालीमा प्रशोधन, संकलन र भण्डार गर्ने ठाउँ समेत छैन । भण्डारणका लागि नेपालगञ्ज लैजानुपर्ने बाध्यता छ भने कर्णालीबाट अधिकांश जडिबुटी बाह्य देशमा निकासी हुदै आएको छ ।
कर्णालीकै व्यवसायीले निजी लगानीमा संकलन गर्ने गरिएपनि सरकारले उचित चासो नदिएको जडिबुटी व्यावसायी संघ सुर्खेतका अध्यक्ष हेमराज अधिकारीले बताउनुभयो ।
अध्यक्ष अधिकारीले कर्णाली जडिवुटीको दिगो व्यवस्थापनका लागि सरकारले व्यवसायिक खेती गराउन कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।
जडिबुटी प्रशोधन, संकलन केन्द्रको भरपर्दो सुविधा, बजार व्यवस्थापन, आवश्यक पूर्वाधार निर्माण गरे मात्रै कर्णालीले जडिवुटीबाट राम्रो आम्दानी गर्न सक्ने उहाँको भनाइ छ ।
यता, कर्णाली प्रदेश सरकारले पूर्वाधार तथा जनशक्तिमा अर्थपूर्ण लगानी गरी तथा यहाँ रहेको प्राकृतिक स्रोत र साधनलाई प्रभावकारी तथा सुझबुझपूर्ण ढङ्गले प्रयोग गर्दै यहाँका नागरिकहरूको आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक स्थितिमा सुधार गरी १० वर्षमा नेपालको सबैभन्दा विकसित प्रदेश बनाउने दीर्घकालीन सोच लिएको छ । तर कार्यविधिमा उल्लेख गरेपनि अहिले सम्म संकलन र प्रशोधन केन्द्र स्थापना गर्न सकेको छैन ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलेका सुचना अधिकारी निरज श्रेष्ठले जडिबुटी संकलन र भण्डार केन्द्र निमार्णका लागि सुर्खेतको छिन्चुमा वातावरण अध्यानको काम भइरहेको बताउनुभयो ।