पर्यटन क्षेत्रमा सरकारले ध्यान दिन सकेनः सरोकारवाला

सुर्खेत, ९ फागुन (जागरण) । कर्णाली प्रदेशमा पर्यटकीय सम्भावना धेरै भएपनि सरकारको ध्यान नपुगेकोे सरोकारवालाहरुले बताएका छन ।
पर्यटन पूर्वाधारको क्षेत्रमा उचित ध्यान दिन उनिहरुले सरकारलाई सुझाव दिएका हुन ।
उनीहरुले सरकारले पर्यटन प्रवद्र्धन मार्फत आर्थिक समृद्धिको परिकल्पना प्रदेश सरकारले गरेको भन्दै पर्यटकीय क्षेत्रको संरक्षण, नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्दै पूर्वाधारयुक्त विकास गर्न जरुरी रहेको बताएका हुन् ।
मुगुको छायाँनाथ रारा नगरपालिका एकका स्थानीय रुपबहादुर मल्लले कर्णालीलाई लक्षित गरेर भित्रिएका पर्यटकहरु रारालाई पनि केन्द्रविन्दु बनाउने गरेको भन्दै पूर्वाधार भने कमजोर रहेकाले यसतर्फ राज्यको ध्यान जानुपर्ने सुझाव दिनुभयो ।
सुर्खेतका ललिजङ्ग रेग्मीले पनि कोरोना भाइरसले गर्दा पर्यटकीय गतिविधि लामो समय देखि ठप्प हुँदा पर्यटकीय क्षेत्र नराम्रोसँग प्रभावित भएको भन्दै पर्यटन प्रवद्र्धनका चुनौतीलाई चिर्न सकेको खण्डमा कर्णाली पर्यटनको गन्तव्य हुने बताए ।
उनले कोरोनाले गर्दा पर्यटन गतिविधि लामो समयदेखि ठप्प रहेका भन्दै त्यसको विकासका लागि स्थानीय र प्रदेश सरकराले पर्यटकीय क्षेत्रको प्रचार÷प्रसार गर्नुपर्नेमा जोड दिए ।
पर्यटनका लागि ठूलो गन्तव्य रहेको कर्णालीमा पूर्वाधार विकास नहुदा अहिले पर्यटन क्षेत्रहरु ओझलमा परेका छन् ।
यता, कर्णाली प्रदेश सकारले भने पर्यटकीय गन्तव्य विकास गर्न स्थानीय तहसँग सहकार्य गर्ने आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी निरज श्रेष्ठले प्रदेश भित्रका धार्मिक,सांस्कृतिक एवम ऐतिहासिक सम्पदाको पहिचान गरी संरक्षणमा जोड दिइएको बताए ।
उनले भने, ‘ऐतिहासिक सम्पदाको अभिलेख राख्ने र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पहल गर्ने प्रदेश सरकारको मुख्य योजना हो, त्यसको लागि दशवटै जिल्लामा एक जिल्ला एक पर्यटकीय क्षेत्रको अवधारणलाई अगाडि बढाइएको छ ।’ त्यस्तै सरकारले महत्वपूर्ण तालतलैयाहरुको संरक्षण र विकासको गुरुयोजना बनाई कार्यान्वयन गर्ने योजना अघि बढाएको उनले बताए ।
प्रदेश सरकारले बर्षेनी पर्यटन क्षेत्रमा करौंडौ बजेट छ्ट्याएपनि कार्यान्वनय भने हुन नसकेको गुनासो छ ।