एमाले हुम्ला अधिवेशन ः सहमतीमा नेतृत्व छान्ने प्रयासमा नेताहरु


जागरण
सुर्खेत, ११ फागुन ।
सोमबारदेखि सुरु भएको नेकपा एमाले जिल्ला कमिटी हुम्लाको नवौँ जिल्ला अधिवेशनमा सहमतीबाट कमिटी छान्ने कसरतमा नेताहरुले प्रयास गरिरहेका छन् ।
जिल्ला समन्वय समितिको सभाकक्षमा भैरहेको अधिवेशनमा अध्यक्ष मण्डलले सहमतीमा नेतृत्व चयन गर्ने प्रयास जारी राखेको हो । स्थायी कमिटि सदस्य तथा हुम्ला जिल्ला ईन्चार्ज गोरख बोगटीको अध्यक्षतमा सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । अध्यक्ष मण्डलमा केन्द्रीय सदस्यद्वय दल फडेरा, दल रावल, संविधानसभाका पूर्व सदस्य छिमिदोर्जे लामा, प्रदेश कमिटी उप–सचिव रुपा शाही, प्रदेश कमिटी सदस्य गोविन्दबहादुर शाही, धन्जे परियार रहेका छन् ।
अध्यक्ष मण्डलले सहमतीको प्रयास गरेपनि आकांक्षी धेरै हुँदा सहमतीको प्रयास सफल नभएको नेताहरुले बताएका छन् । अध्यक्षमा तीन जना आकांक्षि छन् । कार्यवहाक अध्यक्ष ज्ञामी गुमी, पूर्व उपाध्यक्ष डवल रावत र प्रदेश कमिटि सदस्य कल बहादुर हमालले अध्यक्षमा दाबि गरेका छन् ।