बजेट कार्यान्वयन हुनेमा सांसदहरुको आशंका

सुर्खेत, ७ असार (जागरण) । कर्णालीमा प्रदेश सरकारको बजेट कार्यान्वयन हुनेमा सांसदहरुले आशंका व्यक्त गरेका छन् । प्रदेश सरकारले संसदमा पेश गरको बजेटमाथिको छलफलमा सांसदहरुले यस्तो आशंका व्यक्त गरेका हुन् ।
आजको संसद वैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसदहरुले बजेटले प्रदेश गौरवका आयोजनाहरु समेट्न नसकेको बताएका छन् ।
साथै उनीहरुले मन्त्री र पहुँच भएका सांसदहरुका क्षेत्रमा धेरै बजेट विनियोजन भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
बजेटमाथिको सैद्धान्तिक छलफल आज सकिएको छ । संसदको अर्को वैठक भोली दिउँसो ३ बजे पुनः बस्नेछ ।