मोटर साइकल दुर्घटनामा वडाअध्यक्षको मृत्यु, बिरोधमा छिञ्चु बन्द


जागरण
सुर्खेत, १४ फागुन ।
सुर्खेतको भेरीगंगा नगरपालिका– १ का वडाध्यक्ष नवराज कार्कीको मोटर साइकल दुर्घटनामा परी निधन भएको बिरोधमा स्थानीले कर्णाली प्रदेश प्रवेशको मुख्य नाका छिञ्चु बन्द गरेका छन् ।
उपचारमा लागेको खर्च व्यहोर्नुपर्ने, दोषीलाई कारवाही हुनु पर्ने तथा उचित क्षती पूर्ती दिनुपर्ने माग गर्दै कार्कीका आफ्न्तले छिञ्चु बजार तथा रत्न राजमार्ग र सुर्खेत जाजरकोट खण्डमा यातायात बन्द गरेका छन् । बन्कर्ताले सडकमा टाएर बालेर पर्दशन गरीरहेका छन् । कर्णाली प्रदेशको मुख्य नाका बन्द हुदाँ कर्णाली प्रदेश आउने र बाहीर जाने सम्पुर्ण यातायातका साधनहरु ठप्प भएका छन् । सहमतीका लागि छलफल भैरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।
दुर्घटनामा परी उपचार गराइरहेका वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौंको न्यूरो अस्पतालमा निधन भएको हो । रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका १२ छिन्चु बजारनजिक नेपालगञ्जबाट सुर्खेत आँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा अध्यक्ष कार्की र मोटर साइकलको पछाडी बसेका वाइसीएल भेरीगंगाका अध्यक्ष भुपेन्द्र शाही घाइते भएका थिए । शाहीको पनि काठमाण्डौँमा उपचार भैरहेको छ । कार्कीलाई कर्णाली प्रदेश अस्पताल सुर्खैतबाट बिहीबार हेलिकप्टर मार्फत काठमाण्डौँ लगिएको थियो । कार्की २०७४ नेकपा माओवादीबाट वडाअध्यक्षतामा निर्वाचत भएका थिए । उनी सुर्खेतका निर्वाचित वडाअध्यक्षहरु मध्ये सबै भन्दा कान्छा थिए ।