राष्ट्रिय राजनीतिमा छिटै नयाँ ध्रुविकरण देखिन्छ: थापा


जागरण संवाददाता । सुर्खेत, १४ फागुन ।
नेकपा एमालेका उपाध्यक्ष राम बहार थापाले नेपाली राजनीतिमा केही दिनमै नयाँ ध्रुबिकरण हुने बताएका छन् ।
स्थानीय तह निर्वाचनकाे तयारी केन्द्रित प्रशिक्षण तथा अभिमुखिकरणकाे कर्णाली प्रदेश स्तरीय कार्यक्रमकाे शनिबार वीरेन्द्रनगरमा उद्घाटनमा उपाध्यक्ष थापाले त्यस्ताे संकेत गरेका हुन् । एमसीसी परियाेजना संसदबाट पारित गर्ने बिषयले राष्ट्रिय राजनीतिमा नयाँ ध्रुबिकरण हुने थापाकाे भनाई छ । एमालेले कार्बाही गरेर १४ जना सांसदहरूलाई नहटाएसम्म संसदिय प्रक्रियामा एमाले सहभागी नहुने अडान कायमै रहेकाे उनले स्पष्ट पारे । कारबाही गरेका सांसद हटाउनु पर्ने माग पूरा नभएसम्म एमसीसीका बारेमा एमालेले नसाेच्ने थापाले दाेहाेर्याए । उनले अहिलेकाे सत्ता गठबन्धनलाई प्रतिक्रयावादी र अवसरवादीहरू गठबन्धनकाे संज्ञा दिएका छन् ।
‘अहिले अवसरवादीहरूकाे गठबन्धन छ’ उनले भने,’ देशकाे स्वाधिनताकाे रक्षा गर्नु पर्ने हाे सरकारकाे पहिलाे दायत्व हाे तर , अवसरवादीहरूकाे गठबन्धनले देशलाई अप्ठेराेतिर धकेलिरहेकाे छ ।’
नेकपा एमालेकाे नेतृत्वमा मात्र समृद्धि संभव रहेकाे भन्दै निर्वाचनमा बहुमत ल्याउनेगरी निर्वाचनकाे तयारीमा लाग्न उनले निर्देशन दिएका छन् ।