शिक्षालाई श्रम र उत्पादनसंग जोड्नुपर्छः मुख्यमन्त्री शाही

सुर्खेत, ८ असार (जागरण) । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले शिक्षालाई श्रमसंग जोड्नुपर्ने वताउनुभएको छ ।
श्रमविना विकास असंभव भएको वताउदै मुख्यमन्त्री शाहीले मुलुकको समग्र विकास र समृद्धिका लागि शिक्षालाई श्रमसंग जोड्नुपर्ने वताउनुभएको हो ।
अन्तराष्ट्रिय एसओएस दिवसको अवसरमा एसओएस वालग्राम सुर्खेतले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
मुख्यमन्त्री शाहीले शिक्षा आर्जन गरिसकेपछि श्रमवाट भाग्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने वताउनुभयो । उहाँले अहिलेको शिक्षा प्रणालीमा पनि आमुल परिवर्तनको आवश्यकता रहेको औंल्याउनुभयो ।
मुलुकको गरिवि हटाउन र आर्थिक समृद्धि प्राप्त गर्न प्राविधिक शिक्षाको जरुरी रहेको वताउदै मुख्यमन्त्री शाहीले उत्पादन र श्रमसंग जोडिने शिक्षा प्रणाली विकास गर्नुपर्ने वताउनुभयो ।
समाजिक, आर्थिक र साँस्कृतिक कारणले शिक्षा क्षेत्रवाट वञ्चित वालवालिकालाई शिक्षित गराउन एसओएस वालग्राम विद्यालयले महत्वपुर्ण भुमिका खेलेको वताउदै मुख्यमन्त्री शाहीले प्रशंसा गर्नुभयो ।
शैक्षिक क्षेत्रको विकासका लागि गैरसरकारी क्षेत्रको समेत ठुलो योगदान रहेको वताउदै राम्रो काम गर्ने गैरसरकारी संस्थासंग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री शाहीको भनाई छ ।