कर्णाली प्रदेश सरकारको चार महिने उपलब्धीः सात किलोमिटर सडक कालोपत्रे

सुर्खेत १७ फागुन (जागरण) । कर्णाली प्रदेश सरकारले आफ्नो चार महिनाको उपलब्धी सार्वजनिक गरेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले कात्तिक १६ गते आफू नियुक्त भएदेखि अहिलेसम्म उपलब्धी पत्रकार सम्मेलन मार्फत सार्बजनिक गर्नुभएको हो ।
चार महिनाको अवधीमा ७ किलोमिटर सडक कालोपत्रे भएको मुख्यमन्त्री शाहीले सार्बजनिक गरेको विवरणमा उल्लेख छ ।
अहिलेसम्म १९४ दशमलव ५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको र २३ दशमलव ३ किलोमिटर सडकको स्तरोन्नती भएको जानकारी दिनुभयो ।
यस्तै, दुई पक्की पुल, एक झोलुंगे पुल र जनता आवास कार्यक्रम अन्तरगत ७७८ जनता घर निर्माण भएको उहाले बताउनुभयो ।
अहिले एक स्थानीय तह एक विद्यालय भौतिक संरचना निर्माणको कार्यक्रम अगाडि बढेको जानकारी दिँदै मुख्यमन्त्री शाहीले उर्जा खानेपानी तथा सिंचाईतर्फ ३५१ , भौतिकतर्फ २१३, सशर्त अनुदानतर्फ २८५, मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तरगत दश हजार ५५ र पूर्वाधार विषेश कार्यक्रम अन्तरगत १० जिल्लामा ५५३ योजना कार्यान्वयनका चरणमा रहेको बताउनुभयो ।
मुख्यमन्त्री शाहीले आर्थिक वर्ष २०७८÷०७९ को हालसम्मको राजश्व संकलन लक्ष्य बमोजिम भइरहेको बताउनुभयो ।
उहाका अनुसार हालसम्म लक्ष्यको ५३.५५ प्रतिशत अर्थात ३२ करोड १३ लाख राजश्व संकलन भएको छ ।
यस्तै, हालसम्म सरकारले चालुतर्फ १८.७० प्रतिशत र पुंजीगततर्फ ९.२४ प्रतिशत बजेट खर्च भएको समेत उहाले जानकारी गराउनुभयो ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सहमतीका आधारमा १५ लाखभन्दा साना टुक्रे योजनाहरुमा समेत रोक लगाइएको उहाले बताउनुभयो ।
यसैगरी कृषित र्फ हिमाली जिल्लाका ५० भन्दा बढी भेडापालक किसानलाई औषधीउपचार सहयोगको लागि लागत संकलनको काम अन्तिम चरणमा पुगेको भन्दै मुख्यमन्त्री शाहीले हालसम्म ७४ हजार ७ सय २४ किसा सुचिकरण प्रर्णाैलीमा अवद्ध भएको जानकारी दिनुभयो ।