स्थानीय सरकार गठनपछि स्वास्थ्य क्षेत्रमा सुधार आउँदै

सुर्खेत, २० फागुन (जागरण) । स्थानीय सरकार गठनपछि स्वास्थ्य क्षेत्रमा सुधार आउन थालेको छ ।
कर्णालीका विभिन्न जिल्लामा सिटामोल सहितका निःशुल्क पाइने औषधि पनि उपलब्ध नुहने गथ्र्यो । तर नजिकै स्थानीय र प्रदेश सरकार आएपछि भने स्वास्थ्य क्षेत्रमा सूधारसँगै स्वास्थ्य सेवा गुणस्तर बढ्न थालेको हो ।
नागरिक तहमा पनि त्यसको स्वास्थ्य सेवा बढ्दै गएको अनुभुती हुन थालेको छ । दैलेखको गुरास गाउँपालिका ३ का स्थानीय लोक बहादुर शाहीले स्थानीय सरकार गठनपछि नजिकै स्वास्थ्य सेवा पाउन थालेको बताउनुभयो ।
अहिले पालिकाले समेत आफ्नै एम्बुलेन्स संचालन गरिरहेकाले स्थानीय स्वास्थ्यचौकीमा हुन नसक्ने उपचार बाहिर जाँदा पनि सहज भएको उहाको भनाई छ ।
जुम्लाको तातोपानी गाउँपालिकाका स्थानीय दिनेश शाहीले भने स्थानीय तहहरुमा भौतिक संरचना सुधार आएको बताउनुभयो । उहाले स्वास्थ्य सेवामा भने अझै सुधार ल्याउन आवश्यक रहेको बताउनुभयो ।
यता, स्वास्थ्यकर्मीहरुले भने जनतालाई आफ्नो स्वास्थ्यप्रति सचेत बनाउन स्थानीय सरकारले प्रयास गरेपनि यो अझै प्रयाप्त नरहेको बताएका छन । सुर्खेतको लाटीकोइली अस्पतालका डाक्टर कृष्ण देव गिरीले स्थानीय सरकार आएपछि सेवा दिन केही सहज भने भएको बताउनुभयो ।
स्थानीय सरकारहरुले भने गुणस्तरिय स्वास्थ्य सेवा दिने उद्देश्यले सबै प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक पुर्याई जनतालाई आफ्नै ठाउँमा स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको बताएका छन् ।
हुम्लाको खार्पूनाथ गाउँपालिकाले सबै नागरिकको स्वास्थ्य बिमा, स्वास्थ्यकर्मीलाई तालिमलगायतका क्षेत्रमा जोड दिइएको जनाएको छ । गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावलले सेवामा गुणस्तरिय बढाउन प्रयास भइरहेको जानकारी दिनुभयो ।
सरकारले प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल पुर्याउनेगरी काम थालनी गरिसकेको छ ।