ठुला राजनितिक दलका नेताले देश र जनतालाई धोका दिएः अध्यक्ष लिङ्देन

सुर्खेत, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलहरुले देश र जनतालाई धोका दिएको आरोप लगाउनुभएको छ ।
आज शनिवार पार्टीको आमसभालाई सम्बोधन गर्न वीरेन्द्रनगर आइपुग्नु भएका अध्यक्ष लिङ्देनले सुर्खेत बिमान स्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै एमसीसी पास गरेर देश र जनतालाई धोका दिएको आरोप लगाउनुभएको हो ।
एमसीसीको सम्बन्धमा प्रमुख राजनीतिक दलहरुले निभाएको भूमिकाले देशलाई दीर्घकालीन रुपमा क्षति पुर्याउने भन्दै उहाले ठुला राजनितिक दलहरुले केटाकेटीपन देखाएको बताउनुभयो ।
उहाले भन्नुभयो, ‘हाम्रो संसदमा उपस्थिति कमजोर थियो, एमसीसी देशको हितमा छैन भनेर हामीले भनिरहेका छौ, तर ठुला भनौदा राजनितिक दलको केटाकेटीपनका कारण देश शक्ति राष्ट्रको चलखेलमा पर्ने खतरा बढेको छ । यो सरासर जनता र देशलाई धोका हो ।’
१२ बुँदे व्याख्यात्मक घोषणाको कुनै अर्थ नरहेको भन्दै अहिलेको सरकारले शक्ति राष्ट्रसँग घुँडा टेकेको बताउनुभयो ।
फरक प्रसंङ्गमा उहाले राप्रपा प्रति जनताको विश्वास बढ्दै गएको भन्दै आफुहरुले निर्वाचनमा जितेका ठाउँमा भ्रष्ट्राचार शुन्य बनाउने दाबी गर्नुभयो ।
हाम्रो पार्टी सुशासनको पक्षमा छ, उहाले भन्नुभयो, ‘हामी आगामी स्थानीय निर्वाचनमा जती स्थानीय तह जित्छौ ति स्थानीय तह नमुना हुने छन । त्यसबाट मात्र राप्रपा नेपालको भिजन थाहा हुने छ ।’
लिङ्देनले पूर्व अध्यक्ष कमल थापाले पार्टी छोड्नु दुखदायी कुरा भएपनि त्यसले राप्रपाको आगामी यात्रालाई कुनै असर नगर्ने समेत बताउनुभयो ।
सुर्खेतमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्न राप्रपा अध्यक्ष लिङ्देनसहितका केन्द्रीय नेताहरु प्रदेश राजधानी आएका हुन ।
ध्चष्तभ तय ब्चथब िप्चबलतष्