वीरेन्द्रनगरका २४ जनालाई उद्यमी बनाइँदै

सुर्खेत, २९ फागुन (जागरण) । सुर्खेत वीरेन्द्रनगरका २४ जनालाई उद्यमी बनाइने भएको छ ।
सेभ द चिल्ड्रेनको सहयोग र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा समाज जागरण केन्द्र (स्याक) नेपालले संचालन गरेको पावर परियोजना अन्तरगत २४ जनालाई स्वरोजगार बनाइने भएको हो ।
त्यसको लागि उनिहरुलाई व्यवसायिक योजना बनाउने सम्बन्धी पाँच दिने तालिम आजबाट वीरेन्द्रनगरमा दिन थालिएको छ ।
तालिम पश्चात उनिहरुले छनौट गर्ने व्यवसायका आधारमा सिप र आर्थिक सपोर्ट गरिने पावर परियोजनाका संयोजक तेज सोनामले जानकारी दिनुभयो ।
उहाका अनुसार वडाको सिफारिसमा वीरेन्द्रनगर वडा नम्बर ७ र १२ का वेरोजगार बसेका १८ देखि २४ बर्षका व्यक्तीहरुलाई तालिममा सहभागी गराइएको छ ।
उद्घाटन समारोहमा बोल्दै वीरेन्द्रनगर नगरपालिका प्रमुख देव कुमार सुवेदीले तालिममा सिकेका सीपहरु व्यवहारमा लागु गरि स्वरोजगार बन्न आग्रह गर्नुभयो ।
उहाले सीपको प्रयोग गर्न सके विदेशिनुपर्ने बाध्यता नरहेको बताउनुभयो । सुवेधीले उद्यमी बन्ने चासो भएका व्यक्तीहरुलाई नगरपालिकाबाट पनि धेरै सहयोग गरिरहेको भन्दै आगामी दिनमा अझैपनि स्वरोजगारमुखी कार्यक्रमहरु ल्याइने बताउनुभयो ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा प्रमुख रामलाल आचार्य, समाज जागरण केन्द्र (स्याक नेपालका अध्यक्ष मिना तिवारी, सल्लाहाकार सदस्य नवराज खड्का लगायतको सहभागिता रहेको थियो ।
तालिममा ३ जना पूरुष र २१ जना महिलाहरुको सहभागिता रहेको जनाइएको छ ।