वीरेन्द्रनगर १० का वडा अध्यक्ष बुढा एमालेमै फर्किए


सुर्खेत, चैत्र ३ ।
वीरेन्द्रनगर १० नं.वडा अध्यक्ष रत्नबहादुर बुढा नेकपा एमालेमै फर्किएका छन् । बिहीकार एमाले सुर्खेतको पार्टी कार्यालयमा बुढाले एमाले प्रवेश गरेका हुनु ।
एमालेबाट वडाअध्यक्षमा निर्वाचित बुढा पार्टी विभाजनका बेला एकीकृत समाजवादी रोजेका थिए । विगतमा भ्रममा परेर एमाले छोडेको प्रति पश्चाताप रहेको भन्दै बुढाले पुन मूल घरमा फर्किएको बताए । बुढालाई नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेलले स्वागत गरेका छन् । यस्तै पूर्व जिल्ला कमिटि सदस्य जागुराम चौधरी लगायत अन्य नेता कार्यकर्ताहरु पनि एमालेमा फर्किएका छन् ।