वीरेन्द्रनगरमा राष्ट्रपती रनिङ शिल्ड शुरु

जागरण

सुर्खेत,४ चैत ।

वीरेन्द्रनगरमा आजदेखि नगरस्तरीय चाैंथाे राष्ट्रपती रनिङ्ग शिल्ड  खेलकुद प्रतियाेगिता सुरू भएकाे छ । शिक्षा युवा तथा खेलकुद शाखाकाे आयाेजना तथा नेपाल राष्ट्रिय माध्यामिक विद्यालय (डाँडा स्कूल)काे सह आयाेजनामा प्रतियाेगिताकाे चाैँथाे संस्करण सुरू भएकाे हाे । प्रतियाेगितामा भलिबल, कपर्दी र एथलेटिक्सका खेलहरु हुने शाखा प्रमुख धिरेन्द्र प्रसाद शर्माले जानकारी दिनुभयाे । उहाँका अनुसार सबै विधामा छात्र छात्रा अन्तर्गत छुट्टा छ्ट्टै खेलहरु हुनेछन् । शनिबारसम्म चल्ने प्रतियाेगितामा वीरेन्द्रनगर भित्रका सामुदायिक र संस्थागतगरी १५ विद्यालयकाे सहभागिता रहेकाे छ ।  प्रतियाेगिताकाे उद्घाटन नगर प्रमुख देवकुमार सुवेदीले गर्नुभएकाे हाे ।