ट्राफिक नियम उल्लङ्घन गर्ने २६ हजार बढी सवारी साधनबाट दुई करोड राजस्व सङ्कलन

सुर्खेत, ५ चैत (जागरण) । ट्राफिक नियम उल्लघंन गर्ने २६ हजार बढी सवारी साधन कारवाही परेका छन ।
कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यलयका अनुसार प्रदेशभर ८ महिनाको अवधिमा ट्राफिक नियम उल्लघंन गर्ने ती सवै सवारीका धनीलाई कारबाही गरेको हो ।
चालु आर्थिक वर्षको साउन महिना देखि फागुन सम्म ८ महिनाको अवधिमा ट्राफिक नियम उल्लघंन गरि संचालनमा आएका २६ हजार ६ सय २२ सावरी साधनलाई कारवाही गरिएको जनाइएको छ ।
सवारीधनी कारवाहीबाट ८ महिनाको अवधिमा २ करोडभन्दा धेरै राजस्व संकलन भएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक बर्ष २०७८÷०७९ को साउनदेखि फागुनसम्म २ करोड २३ लाख १० हजार पाँच सय राजस्व संकलन भएको हो ।
यही अवधीमा नियम उल्लघंन गर्ने २६ हजार ६ सय २२ वटा सवारी साधन कारवाही परेको जनाइएको छ ।
जस अन्तरगत सबैभन्दा धेरै सुर्खेतमा ११ हजार सवारी साधन कारवाहीमा ८१ लाख ८८ हजार रकम राजस्व संकलन गरेको छ भने सल्यानमा ४ हजार एक सय ६१ वटा सवारी कारवाहीमा ३९ लाख १३ हजार पाँच सय राजस्व संकलन भएको छ ।
त्यसैगरी, २ हजार ९ सय १० सवारी कारवाहीमा २४ लाख १३ पाँच सय, रुकुममा एक हजार ६ सय ४५ सवारी कारवाहीमा १६ लाख ३४ हजार पाँच सय, जुम्लामा एक हजार ६ सय ८९ सवारी कारवाहीमा १६ लाख ३ हजार राजस्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय कर्णाली प्रदेशले जनाएको छ ।
यस्तै, कालिकोटमा एक हजार ९८ सवारी कारवाहीमा परेका छन, जसबाट ९ लाख १० हजार रकम संकलन भएको छ । भने जाजरकोटमा २ हजार ८ सय पाँच सवारी कारवाहीमा २५ लाख पाँच सय, मुगुमा २ सय २१ सवारी कारवाहीमा एक लाख ९२ हजार पाँच सय, डोल्पामा ९ सय ७५ सवारी कारवाहीबाट ८ लाख ५७ हजार पाँच सय र हुम्लामा ३८ सवारी कारवाहीमा ३४ हजार रकम संकलन भएको ट्राफिक प्रहरीको तथ्याङ्कमा छ ।