युद्ध रोक्न आग्रह गर्दै मानवअधिकार तथा शान्ति समाज सुर्खेत शाखाकाे प्रदर्शन

सुर्खेत – रुसी आक्रमणका कारण युक्रेनमा भयकाे मानवीय क्षति र मानव अधिकार उल्लंघनविरुद्ध चैत्र ५ गते साँझ ५ बजे वीरेन्द्र चोकमा शान्ति समाजको शान्तिपुर्ण प्रदर्शन भएको छ ।

प्रदर्शनमा रुसलाई तत्काल सेना फिर्ता गरी युद्ध रोक्न र युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाको लागि योगदान गर्न आह्वान गरेको छ । उक्त कार्यक्रमको सञ्चालन सुर्खेत शाखा उपसभापति प्रेम भण्डारी ले गर्नुभएको थियो, कार्यक्रममा केन्द्रीय सचिव पुष्षा मल्ल, शाखा सभापति प्रकाश शाहि लगायत जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको र अन्य सर्वसाधारणहरूको सहभागीता रहेको थियो ।May be an image of 9 people, people standing and road

एक निष्पक्ष संस्थाको रुपमा मानव अधिकार तथा शान्ति समाजले विभिन्न जिल्लाहरूमा “युद्ध निषेध : शान्ति विशेष अभियान” चलाइरहेको र निकट भविष्यमा बिश्व दुई धुर्वमा विभाजन भइ तेस्रो विश्वयुद्ध हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै, शान्ति स्थापना गरी मानवअधिकारको सम्मान गर्ने अभियानको उद्देश्य रहेको सचिव मल्ल ले बताउनुभएको छ ।May be an image of 12 people, people standing and outdoors

त्यस्तै शाखा सभापति शाहीले युद्धले लाखौँ, करोडौँ मानिसको अधिकार हनन् हुने हुँदा कुनै पनि हालतमा युद्ध हुनु हुँदैन र शान्तिपूर्ण तवरमा हरेक समस्याको समाधान खोजिनुपर्छ भन्ने शान्ति समाजको मान्यता रहेको उल्लेख गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।

May be an image of 6 people, people standing and outdoors

रुस: युक्रेनमाथि आक्रमण बन्द गर ।
शान्तिकाे अधिकारकाे सम्मान गर।