स्थानीय सरकार गठनपछि शिक्षा, र स्वास्थ्य क्षेत्रमा सुधार आउँदै

सुर्खेत, ८ चैत (जागरण) । स्थानीय सरकार गठन भएको पाँच बर्षको अवधीमा कर्णाली प्रदेशका केही स्थानीय सरकारहरुले शिक्षा, र स्वास्थ्य क्षेत्रमा सुधारका कामहरु गरेका छन ।
स्थानीय सरकार आइसकेपछि शिक्षा स्वास्थ्यमा नागरिकको पहुँच पुर्याएको हो ।
शिक्षा क्षेत्रमा दैलेख गुराँस गाउँपालिकाले सबै वडामा पक्की विद्यालय भवन निर्माणदेखि घेरबारका कामहरु गरिएको बताएको छ ।
शिक्षाको गुणस्तर कायम गर्न पालिकाबाट दरबन्दी मिलान आवश्यक शिक्षक जनशक्तीको व्यवस्थापन गरिएको गाउँपालिका उपाध्यक्ष दिपा कुमारी विसीले कर्णाली रैबारलाई जानकारी दिनुभयो । उहाको अनुसार पालिकाले आफ्नै पाठ्यक्रम समेत निर्माण गरेर पठपनपाठन समेत शुरु गरिसकेको छ । उहाले स्वास्थ्य क्षेत्रमा पनि उल्लेख्य सुधार गरिएको बताउनुभयो ।
यस्तै, कालिकोटको शुभकालिका गाउँमपालिकाले पनि स्वास्थ्य र शिक्षा क्षेत्रमा नागरिककोहरुको पहुँच पुर्याएको बताएको छ । विगतकोभन्दा शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै सुधार भएको भन्दै अहिले सबै वडामा स्वास्थ्य इकाइहरु स्थापना गरिएको गाउँपालिका उपाध्यक्ष पम्फा कुमारी शाहीले बताउनुभयो ।
उहाले अनाथ बालबालिकाको शिक्षा र संरक्षणको लागि उपाध्यक्षसँग संरक्षण कोष नै बनाएर उनिहरुको सुरक्षा गरिएको जानकारी दिनुभयो ।
सुर्खेतको लेखबेसी नगरपालिकाले पनि शैक्षिक गुणस्तर र सबैको पहुँचमा स्वास्थ्यको पहुँच पुर्याउन रचनात्मक काम गरिएको बताएको छ ।
नगरपालिका उपप्रमुख शान्ति कुमारी छन्तेलले विद्यालयको भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तर कायम गर्न विभिन्न कामहरु गरिएको बताउनुभयो ।
उहाले स्वास्थ्य क्षेत्रमा सबै नागरिकको पहुँच पु्र्याउन सबै वडामा स्वास्थ्य इकाई संचालनमा ल्याइएको भन्दै अब शहरी स्वास्थ्य संचालनको लागि पनि काम थलिएको बताउनुभयो ।
कर्णालीका धेरै स्थानीय तहले शिक्षा, स्वास्थ्य र अन्य आधारभुत विकासको काममा आशा लाग्दा कामहरु गरेका छन ।