कर्णाली प्रदेशमा कुपोषणको अवस्था भयाभह

कर्णाली प्रदेशमा कुपोषणको अवस्था भयाभह देखिएको छ ।
गत भदौदेखि यता मात्रै प्रदेशभर एक सय ६८ जना बालबालिका कडा कुपोषित भएको पहिचान भएका छन ।
नेपाल पोषणको लागि नागरिक समाज सञ्जालको आयोजनामा सोमबारदेखि वीरेन्द्रनगरमा शुरु भएको कर्णाली प्रदेश स्तरिय पोषणको सुधार विषयक सिकाई अनुभव आदान प्रादन गोष्टीमा यस्तो तथ्याङ्क प्रस्तुत गरिएको हो ।
सिसानका संयोजक डाक्टर उमा कोइरालाले कर्णालीमा पोषणको सुधारका गर्न सबै पक्ष लाग्नुपर्ने भन्दै अहिले पनि प्रदेशका तिन चौथाई व्यक्ती मासु खान नसक्ने रहेको बताउनुभयो । साथै सधै एकै किसिमको खाना खानुपर्ने बाध्यतामा ति व्यक्तीहरु रहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।
प्रदेशमा अहिले पनि ४८ प्रतिशत बालबालिका रक्त अल्पताबाट पिडित रहेको उहाको भनाई छ ।
गोष्टीमा सहभागी भएका सरोकारवालाहरुले कर्णाली प्रदेशमा कुपोषणको दर डरलाग्दो भएको भन्दै सबै नीकायले पोषण सुधारका लागि हातेमालो गर्नुपर्ने बताएका छन ।
उनिहरुले कर्णाली प्रदेशमा पोषणयुक्त खानाहरु प्रसस्त भएपनि त्यसको प्रयोग र विस्तारमा जोड दिनुपर्ने उनिहरुको भनाई छ ।
कार्यक्रममा बोल्दै डाक्टर सन्तोष श्रेष्ठले प्रदेशमा रहेका कोदो, फापर कागुनो लगायतमा प्रसस्त पोषण पाइने भन्दै यसको प्रयोग र विस्तारमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
वरिष्ठ पोषण विज्ञ डाक्टर ओजस्वी आचार्यले पोषण सुधारका लागि राज्यसँगै अन्य सरोकारवाला सबैको भुमीका महत्वपूर्ण रहेको बताउनुभयो ।
यस्तै, सामाजिक विकास मन्त्रालय अन्तरगत समाजिक विकास महाशाखाका अनिता ज्ञवालीले दक्ष जनशक्ती उत्पादन गर्नको लागि तिनै तहका सरकारहरुले पोषणमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
योजना आयोगका सदस्य हरि बहादुर खत्रीले सरकारले सन २०३० सम्म कुपोषणमुक्त बनाउने लक्ष्य राखेको भन्दै प्रदेशमा रहेको यो समस्या समाधानको लागि समिति निर्माण गरेर अगाडी बढ्न सरकार तयार रहेको बताउनुभयो ।
कर्णालीमा पोषण सुधारका लागि यो आर्थिक बर्षमा संघिय सरकारले २० करोड र स्थानीय सरकारले ४ करोडक रकम कार्यान्वयन गरिरहेको जनाइएको छ ।