युवालाई विदेश जानबाट रोक्न के गर्ने ? जनता यसो भन्छन् (अडियोसहित)

सुर्खेत, ९ असार (जागरण) । सरकारले युवाहरुलाई स्वरोजगार बनाउन भन्दै प्रत्येक वर्ष महत्वाकांक्षी योजनाहरु सार्वजनिक गरे पनि कार्यान्वयन भने फिटिक्कै हुन सकेको छैन । दैनिक हजारौँ युवाहरु विदेशिन बाध्य छन् । युवालाई स्वदेशमै काम गर्ने वातावरण नहुँदा युवाहरु दैनिक विदेशीन बाध्य भइरहेका छन् । यसै सन्दर्भमा हामीले युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नका लागि के गर्नुपर्ला भनेर सोधेका छौँ । सुन्नुस् जनताको आवाज जस्ताको तस्तै ।