काँग्रेसकाे निर्वाचन कमाण्डर पूर्ण बहादुर खड्का

जागरण स‌ंवाददाता

काठ्माण्डाैँ १५ चैत ।

नेपाली कांग्रेसले पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई निर्वाचन परिचालन समितिको संयोजक बनाएको छ । ३० वैशाखमा हुने स्थानीय तह चुनावका लागि उपसभापति खड्कालाई कांग्रेसले कमाण्डर बनाएको हो ।

मंगलबार सम्मन्न पार्टी केन्द्रीय कार्यसमितिको बैठकले खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको बैठकमा सहभागी नेताहरुले जानकारी दिएका छन् ।

अहिले सो समिति एक सदस्यीय मात्र छ । खड्काले पार्टी सभापति र पदाधिकारीको परामर्शमा समितिका अन्य सदस्य मनोनीत गर्नुहुनेछ।