जुम्ला रारा अल्ट्रा म्याराथन ३ सुरु

मानबहादुर कुँवर

जुम्ला, २६ चैत । ‘जुम्ला रारा अल्ट्रा म्याराथन’ को तेस्रो संस्करण आजदेखि सुरु भएको छ ।
म्याराथनको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले आज विहान उद्घाटन गरेका गर्नुभएकाे हाे । ४९ किलोमीटर लामो ‘जुम्ला रारा अल्ट्रा म्याराथन’ ७८ जना खेलाडी सहभागी भएका छन् । यस्तै रन फर फ्यान अन्तर्गत ५ किलोमीटर र यू–१६ तर्फ पनि दौड प्रतियोगिता राखिएको छ । बाँकी ५ किलोमीटर दौडमा करिब ४५० जनाले भाग लिएको कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीले बताउनुभयाे । बिहान ७ बजे चन्दननाथ मन्दिर नजिकबाट खेलाडी रारा ताल तर्फ दौडिएका खेलाडी रारातालसम्म पुगेर सकिने छ ।
अध्यक्ष शाहीले कर्णालीको पर्यटन पर्बद्धनमा खेलकुद क्षेत्रको महत्वपूर्ण योगदान रहने र विश्वमा नेपालाई चिनाउने एक माध्यमका रुपमा म्याराथनलाई लिइएको बताउनुभयाे । दौडमा भारतसहित नेपालका सोलुखुम्बु, भोजपुर, काठमान्डौ, विराटनगर लगायतका ९ जिल्लाका खेलाडी सहभागी भएको आयोजकले जनाएको छ । विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायाको संरक्षकत्वमा स्थापित कर्णाली स्पोट्स क्लव जुम्लाले प्रतियोगिताको आयोजना गर्दै आएको छ । म्याराथनमा प्रथम हुनेले एक लाख २५ हजार रुपैयाँ पाउनेछन् । द्वितियले ६२ हजार ५ सय, तृतीयले ३७ हजार ५ सय र सान्त्वना हुने ७ जनाले ६ हजार ५ सय रुपैयाँ पुरस्कार पाउनेछन् । जुम्ला देखि राराताल सम्म पाँचवटा चेक प्वाइन्ट रहेका छन् । म्याराथनको सुरुवाती प्वाइन्ट खलंगा बजार रहेको छ । धावक हरिबहादुर रोकायाले कर्णालीको खेलकुद प्रवर्द्धनको लागि कर्णाली सरकार गम्भीर हुनु पर्ने बताउनुभयाे ।