एमाले सुर्खेतकाे सदस्यमा ७ जना मनाेनित

जागरण संवाददाता । नेकपा एमाले सुर्खेतको जिल्ला सचिवालय बैठकले ७ जनालाई जिल्ला कमिटि सदस्य मनाेनित गरेकाे छ ।
आईतबार बसेकाे बैठकले विभिन्न पार्टीबाट एकता तथा समायोजनको रूपमा एमालेमा प्रवेश गरेका ७ जनालाई मनाेनित गरेकाे हाे । मनाेनित हुनेहरूमा लालमणि पौडेल ,रत्नबहादुर बुढा ,बिमला थापा ,रतन बि.क ,गोरख शाही ,अम्मर बहादुर सिंह र यामप्रसाद शर्मा रहेका छन् । यस्तै बैठकले प्रदेश सल्लाहकार परिषदमा ३२ जनालाई मनोनयनका लागि सिफारिस गर्ने निर्णय गरेको एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिनुभयाे । तिमिल्सिनाका अनुसार जिल्ला कमिटीको संख्या (१०५) को पचास प्रतिशत संख्या रहनेगरि जिल्ला सल्लाहकार परिषद गठन गर्ने पनि निर्णय गरेको छ। यस्तैगरी प्रचार तथा प्रकाशन विभागलाई पूर्णता दिइएकाे छ । बैठकले जिल्ला पार्टीको मुखपत्र” मार्गदर्शन “अर्धवार्सिक रूपमा प्रकाशन गर्ने, जिल्ला पार्टीको (website:cpnumlsurkhet .org ) निर्माण गरि संचालन गर्ने निर्णय गरेकाे छ।