
जागरण संवाददाता
सुर्खेत, ४ बैशाख ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस उद्योगतिमा लागेको भन्दै आफूलाई काँग्रेसको माया लागेर आएको बताउनुभएको छ ।
एमालेले हुम्लाको सिमकोटमा आयोजना गरेको आमसभालाई आइतबार सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जान लागेको प्रति काँग्रेसको उद्योगति देखेर माया लागेर आएको बताउनुभएको हो । ‘२०१५ सालमा दुई तिहाइ ल्याएको काँग्रेस ४८ सालमा आउदा बहुमतमा झ¥यो, ०७४ मा आइपुग्दा लौरो टेक्नुपर्ने अवस्थामा आयो , अहिले माओवादी र माकुनेको बैशाखी टेक्नुपर्ने अवस्थामा पुगेको छ’ उहाँले भन्नुभयो,‘बैशाख ३० पछि कुन हालतमा पुग्ने हो, काँग्रेसलाई देखेर मलाई माया लागेर आएको छ ।’ अन्य पार्टी नभएर गठबन्धन भएको र देशमा एक मात्र पार्टी एमाले रहेको उल्लेख गर्नुभयो । एमालेको विकास प्रतिको आकांक्षा र क्षमतलाईलाई देखेर बिरोधीहरुले सरकारबाट अपदस्त गरेको ओलीले जिकिर गर्नुभयो । आगामी निर्वाचनपछि पुन एमालेको सरकार बन्ने र पुन विकास र समृद्धिको मार्गमा देश अगाडी बढ्ने उहाँले दाबि गर्नुभएको छ ।
ओलीले हुम्लाको विकासका लागि एमाले आफ्नो नेतृत्वका सरकारले प्राथमिकता दिएको र अब पुन एमाले सरकारमा आएपछि तिब्रता पाउने जिकिर गर्नुभयो । हुम्लामा टेलिफोन, इन्टरनेट, सडक, रोजगार लगायत छिमेकी देशसँग जोडिएको सिमानाका खुल्ला नहुँदा यहाँका नागरीकको पिडा आफुले बुझेको अध्यक्ष ओलीले बताउनुभएको थियो । यस्तै नाम्खाका नागरीक हिल्सा नाका नखुल्दा चीनमा रोकिएको विषयमा आफूले चिनिया विदेशमन्त्रीसंग काठमाण्डौँमा भेटका क्रममा उठाएको पनि ओलीले बताउनुभयो ।
