जागरण संवाददाता । बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । लघुजलविधुत मर्मत गर्ने क्रममा बुङगल नगरपालिका वडा नं ८ दुनगैराका २४ बर्षिया राजन बोहराको करेन्ट लागेर मृत्यु भएको हो । विधुतका अपरेटर समेत रहेका बोहराको सानीगाड लघुजलविधुत मर्मत गर्ने क्रममा विधुतको पोलमा गएका बेला आईतबार साँझ ६ बजे करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर पोलमै ढलेका बोहराको घटनास्थलमै मृत्यु भएको वडा नं ८ का वडाध्यक्ष शिवशंकर जागरीले बताउ नुभयाे।