युवाहरु भन्छनः हामी आत्म निर्भर बन्न चाहान्छौ

सुर्खेत, २ बैशाख (जागरण) । सुर्खेत वीरेन्द्रनगरका युवाहरुले आफुरु व्यवसायीकताबाट आत्मनिर्भर बन्न चाहेको बताएका छन ।
सेभ द चिल्ड्रेनको सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपालले संचालन गरेको पावर परियोजनाले विरेन्द्रनगरमा सम्पन्न गरेको पाँचदिने लघु उद्यम विकास तालिमका सहभागी युवाहरुले यस्तो बताएका हुन ।
उनिहरुले आफुहरुलाई बजारिकरण र सरकारी निकायबाट व्यवसाय संचालनको लागि सहयोग चाहिएको बताएका छन् ।
विरेन्द्रनगर वडा न ९÷१० र १२ का ३३ जना युवाहरुले पाँच दिने व्यवसायिक तालिम लिएका थिए । तालिममा सहभागी नगेन्द्र नेपालीले तालिमले आफ्नो जीवन परिवर्तन गरेको र तालिम पश्चात आफू अटो व्यबसाय गर्ने बताउनुभयो ।
यस्तै, अर्का सहभागी रेखा लामिछानेले पनि व्यवसाय गर्ने देखि उधमशिल बन्न प्रेरणा मिलेको बताउनुभयो ।
तालिम फलदायि बनेको र तालिमबाट सिकेका विभिन्न कुरालाई नियमित जिवनमा लागु गर्न स्याक नेपालका सदस्य नवराज खड्काले सहभागिलाई आग्रह गर्नु भयो ।
यस्तै वीरेन्द्रनगर नगरपालिकाका नगर उपप्रमुख मोहनमाया ढकालले पनि तालिममा सिकेका कुृरालाई अपनाएर जिवनमा लागु गर्नु पर्ने सुझाव दिदै सफतलाको कामना गर्नु भएको छ ।
यता, सिकेको कुरालाई प्रयोगात्मक रुपमा जिवनमा लागु पर्ने समाज जागरण केन्द्र स्याक नेपालका अध्यक्ष मिना तिवारीले बताउनुभयो ।

काम गर्ने युवाहरुलाई परियोजना मार्फत सहयोग गरिने पावर परियोजना संयोजक तेज सोनामले जानकारी दिनुभयाे । कार्यक्रम सुर्खेतको वीरेन्द्रनगर र वराहातालमा लागु भएकाे छ ।