निर्वाचन अघिकाे टिमलाई बिर्सिएर व्यवसायीकाे हितमा काम गर्नेछु: कंडेल

सुर्खेत, बैशाख, ७ ।
सुर्खेत उद्याेग वाणिज्य संघमा नव निर्वाचित कार्य समितिले पदभार ग्रहण गरेकाे छ ।
नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूले बुधबार सपथ ग्रहण गरेका हुन् । सपथग्रहण पछि बाेल्दै नव निर्वाचित अध्यक्ष लक्ष्मण कंडेलले निर्वाचन लड्दाकाे टिमलाई बिर्सिएर काम गर्ने बताउनुभयाे। सबैकाे साझा व्यक्ति भएर उद्याेग व्यावसायीकाे हक हितमा काम गर्ने कंडेलले प्रतिबद्धता जनाउनुभयाे । आफूले निर्वाचनका बेला गरेका र प्रतिस्पर्धी उमेद्वारले गरेका राम्रा प्रतिबद्धाकाे पनि कार्यान्वयन गर्ने कंडेलकाे भनाई छ । ‘निर्वाचन लड्दा आ-आफ्ना टिम थिए अब कुनै टिम हुने छैन’, उहाँले थप्नुभयाे,’अब सबै बिर्सिएर व्यवसायलाई नाफामुलक बनाउन का लागि एक भएर अगाडि बड्नेछु ।’ महासचिव भद्र भण्डारीले चुनावमा भएका तिता मिठा बिर्सिएर संस्थाकाे हितमा काम गर्ने बताउनुभयाे । उहाँले कर्णालीमा लगानी भित्र्याउन नयाँ कार्यसमितिले डटेर लाग्ने प्रतिवद्धता जनाउनुभयाे । सपथ ग्रहण कार्यक्रममा बाेल्दै संघका पूर्व अध्यक्ष टेकबहादुर भण्डारीले निर्वाचनका बेला गरेका प्रतिबद्धतालाई पालाना गर्दै व्यवसायीकाे हितमा काम गर्न सुझाव दिनुभयाे । निवर्तमान अध्यक्ष धनबहादुर रावतले उद्याेग व्यवसायीहरूकाे हक हित र उन्नतीमा दत्त चत्त भएर काम गर्न सुझाव दिनुभयाे ।
संघकाे नयाँ नेतृत्वका लागि आइतबार भएकाे निर्वाचनकाे अन्तिम नतिजा मंगलबार सार्वजनिक भएकाे थियाे ।