कर्णालीका दश जिल्लाबाट एसइइमा ३७ हजार परीक्षार्थी, १७३ परीक्षा केन्द्र

जागरण
सुर्खेत, ९ बैशाख ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कर्णालीबाट ३७ हजार भन्दा धेरै परीक्षार्थी सहभागी भएका छन् ।
आजदेखि सुरु भएको (एसइई) मा कर्णालीका ३७ हजार ५ सय ४५ जना परीक्षार्थी सहभागी भएका हुन् । नियमिततर्फ छात्र १७ हजार ३ सय ८६ जना र छात्रा १८ हजार दुई सय ९८ गरी ३५ हजार ६ सय ८४ परीक्षार्थी छन् । यस्तै दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ९ सय चार जना छन भने प्राविधिक धारतर्फ छात्र ४ सय ९५ जना र ४ सय ६२ गरी ९ सय ५७ परीक्षार्थी रहेको शिक्षा विकास निर्देशनालयका अधिकृत अधिकृत लोकप्रसाद पौड्यालले जानकारी दिए ।
उनका अनुसार यस बर्ष कर्णालीका दश जिल्लामा एक सय ७३ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा सबैभन्दा कम डोल्पाबाट ६ सय ८० जना छन् । भने सबै भन्दा धेरै सुर्खेतबाट ९ हजार एक सय ६९ जना विद्यार्थी छन् । रुकुम पश्चिमबाट ४ हजार दुइ सय ३०, सल्यानबाट ५ हजार ६५, कालिकोटबाट ४ हजार जना , जाजरकोटबाट ४ हजार एक सय ८४, दैलेखबाट ५ हजार ५ सय ८० जना परीक्षार्थी छन् ।
यस्तै, जुम्लाबाट २ हजार ५ सय दुइ जना, हुम्लाबाट एक हजार एक सय ४६ जना , मुगुबाट ९ सय ८९ जना विद्यार्थी पनि सहभागी छन् । कर्णालीमा परिक्षा भर ६ हजार २२ जना अन्य जनशक्ति परिचालन हुुने भएको निर्देशनालयले जनाएको छ ।