जागरणकर्मी डिलाराम र कल्पनाको मुटु भित्रै झ्याउरे गित चर्चामा (भिडियोसहित)

सुर्खेत, १० बैशाख । जागरण एफएम सुर्खेतमा कार्यरत डिलाराम आचार्य इच्छुक र कल्पना मगर निर्दोशीको झ्याउरे गित मुटुभित्रै सार्बजनिक भएको तिनदिनमै करिब आधा लाखले हेरेका छन ।
कार्यक्रम बिसाउने चौतारी संचाल गरिरहेका उनिहरुले आफ्नै लय र शब्दमा कर्णाली प्रदेशमा चर्चित गित झ्याउरे गाएका थिए ।
लेकबेशि अनलाइन टिभि बाट सार्वजनिक गितको भिडियोमा रोधि बस्ने पुरानो चलन लाई झल्काइएको छ । सरल शब्द उत्कृष्ट नृत्य साच्चिकै यथार्थ रोधि र रोधिको मर्म लाई टेकेर बनेको ठेट मौलिक झ्याउरे गित हो ।
हेमन्त कान्छा रसाइलीको एरेन्ज गरेको गितमा सुनिता बुढा क्षेत्री, रेशम निर्दोश र जागरण कर्मीद्वय कल्पना र डिलारामको आवाज रहेको छ ।
गितको उठानमा नेपाली मौलिकताका संरक्षक नारायण रायमाझी र मौलिकता बचाउ अभियान्ता सेरबहादुर आचार्य गाइनेको छोटो संबादले गित लाई थप आकर्षक बनाएकोछ । टिकटकमा नेपालकै सस्कारि चेलि भनेर चिनियकि कोहलपुर बाँकेकि पार्वती केसीले अभिनय गरेको यो पहिलो भिडियो हो ।
गितमा पछिल्लो समय युवा पुस्ताको रोजाइमा पर्न सफल नृत्य निर्देसक चन्द्र मन्दिरको निर्देशन र नृत्य ,नवीन वली, ममता खड्लुक मगरको समेत नृत्य र माधव रिजाल ,भावना मगरको अभिनय छ ।
पछिल्लो युवा पुस्ताले आफ्नो कला र संगित लाई भुल्दै गएको अवस्थामा ठेट नेपाली बाजाहरुको प्रयोगमा गित तयार गरिएको छ ।
हेर्नुहोस् भिडियोमा