नन्द कठायत ।
सुर्खेत, १० बैशाख (जागरण) । स्थानीय सरकारका पहिलो जनप्रतिनिधिहरु विदाई हुँदै छन । उनिहरको पाँच बर्षे कार्यकाल सकिएपछि उनिहरु केही दिनमा विदाई हुन थालेका हुन ।
आगामी ३० गते पालिकाहरुको निर्वाचनबाट नयाँ नेतृत्व छानिने छन । गत पाँच बर्ष अगाडी जनताको बिचमा बाडिएका प्रतिवद्धता भने भने अनुसारका कार्यान्वयन हुन नसकेको नागरिकले गुनासो गरेका छन ।
उनीहरुले स–साना कामका लागि राजधानी जानुपर्ने बाध्यता हटेपनि जनप्रतिनिधिले निर्वाचनको बेला दिएको प्रतिवद्धता पुरा गर्न नसकेको बताएका हुन ।
सुर्खेतको बराहताल गाउँपालिका १ का स्थानीय बलबहादुर बोगटीले स्थानीय सरकारको गठनपछि बाटोघाटो, पूर्वाधार विकासका काममा केही हदसम्म सम्बोधन भएपनि स्वास्थ्य क्षेत्र सुधार गर्ने बाचा पुरा नभएको कर्णाली रैबारसँग गुनासो गर्नुभयो ।
यस्तै, दैलेको भैरवी गाँउपालिका ७ का हरिप्रसाद आर्चायले पनि पालिका र वडाको नेतृत्व सम्हालिरहेका जनप्रतिनिधिले बाटो, सडक, स्वास्थ्यलगायतका क्षेत्रमा प्रतिबद्धता जनाए अनूसार काम गर्न नसकेको बताउनुभयो ।
पहिलो स्थानीय तहको निर्वाचनबाट निर्वाचित बनेका जनप्रतिनिधिले गुणस्तरीय काम गर्न नसकेका कारणले नागरिकमा निराशा छाएको उहाँको भनाइ छ ।
निर्वाचनमा जादै गर्दा आफूले पाउने सेवासुविधा विकासमा खर्च गर्ने वाचा गरेका जनप्रतिनिधिले पनि निर्वाचनपछि करोड हाराहारी पर्ने सवारी साधन खरिद गरेका नागरिको आरोप छ ।
यता, स्थानीय सरकारले भने सबै वडामा सडक पु¥याएको, शिक्षा, स्वास्थ्य, रोजगारीलतायतका क्षेत्रमा उपलब्धि मुलक काम गरेका छन् ।
जाजरकोटको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर शाहले नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने, प्रत्येक वडामा गुणस्तरयुक्त उच्च शिक्षालय, महिला विभेद र हिंसामुक्त नगर, श्रमको प्रतिबद्धतापत्र अनुसार नै काम भएको बताउनुभयो ।पाँच वर्षमा कृषि र बजारको माध्यमबाट जनतालाई रोजगारी दिलाउने काम गरेको दाबी उहाको छ ।
यस्तै, जुम्लाको सिंजा गाउँपालिकाले पनि सोचे अनूसारको काम गर्न नसकेको जनाएको छ । गाउँपालिका अध्यक्ष देवल सिह रावलले भौतीक पूर्वाधार, स्रवास्थ्य शिक्षा, कृर्षी –पशुपालनलगायतका क्षेत्रमा घोषण पत्रमा गरेका प्रतिवद्वहरु पुरा नभएका स्वकार्नुभयो ।
जनताको बिचमा निर्वाचन जित्न मात्रै गरिने प्रतिवद्धता व्यवहारमा लागु नगर्ने व्यक्तीलाई भोट नदिने नागरिकहरु बताउछन ।
