स्थानीय निर्वाचनका लागि आज पनि मनोनयन दर्ता गरिँदै

सुर्खेत, १२ बैशाख (जागरण) । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यतालिका अनुसार आज पनि मननोयन दर्ता गरिँदै छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयहरुका अनुसार अहिले बिहान १० बजेदेखि बेलुकी पाँच बजेसम्म मनोनयन दर्ता गरिने भएको हो ।
हिजो र आज सोमबार मनोनयन दर्ता तोकिएपनि कर्णालीका सबै निर्वाचन अधिकृतको कार्यालयहरु हिजो भने सुनसान भएका छन ।
पहिलो दिन प्रदेशका ७९ वटै पालिकामा प्रमुख राजनीतिक दल मनोनयन दर्ता गर्न गएनन् । केही पालिकामा साना दल स्वतन्त्र उम्मेद्वार बाहेक कसैले पनि मनोनयन दर्ता नगरेको निर्वाचन अधिकृतको कार्यालयहरुले जनाएका छन ।
सत्ता गठबन्धनमा रहेका दलहरु माओवादी, नेपाली कांग्रेस र एकीकृत समाजवादीमा भागबण्डा मिल्न ढिलाई भएपछि मनोनयन दर्ता हुन नसकेको हो भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि पहिलो दिन कुनै पनि पालिकामा उम्मेदवारी दर्ता गराएको छैन ।
सत्ता गठबन्धनले भोलि (सोमबार) मात्र उम्मेदवारी दर्ता गराउने भएका छन् । भने एमालेले पनि भोली नै उम्मेद्वारी दर्ता गराउने निर्णय गरेको छ ।