जागरण
सुर्खेत, १२ बैशाख ।
वीरेन्द्रनगरमा नेपाली काँग्रेसले निकै रस्साकस्सीकाबीच समय सकिन आधा घण्टा अगाडी मात्र उमेद्वारको टुङ्गो लगाएको छ ।
प्रमुखमा उपेन्द्र खड्का र उपप्रमुखमा राम कुमारी थापालाई काँग्रेसले उमेद्वार बनाएको छ । प्रमुखमा नारायण सापकोटालाई छानेको भन्दै दिउसोदेखि काँग्रेस कार्यकर्ताहरुले फेसबुकमा बधाइ तथा शुभकामना हालेका थिए । तर अन्तिम समयमा आएर नेतृत्वले खड्कालाई उमेद्वार बनाएपछि सापकोटालाई ‘माछो माछो भ्यागुतो’ जस्तै भएको छ । सापकोटाले स्वतन्त्र उमेद्वारी दर्ताको तयारी गरे पनि अन्तिममा आएर ब्याक हुनुभएको छ। ‘मेरो नाममा दिउसो सहमती पनि भएको हो तर अन्तिममा आएर धोका भयो’ सापकोटाले भन्नुभयो,‘पार्टी मलाई अन्याय ग¥यो ।’ सापकोटा नेपाली काँग्रेस सुर्खेतका पाका नेता हुनुहुन्छ । उहाँले विगतदेखि नै अप्ठोरोमा उपसभापति पूर्णबहादुर खड्कालाई साथ दिँदै आउनुभएको थियो । जिल्ला र निर्वाचन क्षेत्रमा खड्का समूह कम्जोर हुँदा सापकोटाले नै काँध थाम्नुभएको थियो । १२ औँ र १३ जिल्ला अधिवेशनमा सापकोटा सचिवमा पराजित हुनुभएको थियो । तर यस पटक सुर्खेत जिल्लामा खड्का समूहले पालिकादेखि जिल्ला प्रदेशमा आफ्नो दवदवा कायम ग¥यो । खड्का समूह कम्जोर हुँदा डटेर लडेका सापकोटाले यस पटक बलियो हुँदा उहाँलाई महाधिवेशन प्रतिनिधिमै सिमित गरियो । खड्का समूह कम्जोर हुँदा काँध थामेका सापकोटालाई बलियो हुँदा साइड लगाएपछि उहाँ असन्तुष्ट हुनुहुन्थ्यो । पार्टीले उपयुक्त मूल्यांकन नगरेका उहाँको गुनासो छ ।
