सुर्खेतमा पाँच सय १३ पदका लागि दुइ हजार दुइ सय बढीको उमेद्वारी दर्ता (विवरणसहित)

सुर्खेत, १३ बैशाख । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचका लागि सुर्खेतमा पाँच सय १३ पदमा दुई हजार दुई सय २९ जनाको उमेद्वारी परेको छ ।
कर्णाली प्रदेश निर्वाचन कार्यालयका अनुसार विभिन्न पदमा उम्मेदवारी दिनेहरुको संख्या दुइ हजार दुइ सय २९ जनाको उमेद्वारी परेको हो ।
सबैभन्दा धेरै उमेद्वारी वीरेन्द्रगर नगरपालिकामा ४ सय ७७ जना रहेका छन भने सबैभन्दा कम चिङ्गाड गाउँपालिकामा एक सय १३ जनाको उमेद्वारी परेको छ ।
त्यसैगरी, गुर्भाकोट नगरपालिकामा २ सय ६२ जनाको उमेद्वारी पर्दा भेरीगंगा नगरपालिकामा २ सय ९७ जनाको उमेद्वारी दर्ता भएको छ ।
पञ्चपुरी नगरपालिकामा दुइसय ८८ जना, लेकवेसी नगरपालिकामा २ सय २५ जना, सिम्ता गाउँपालिकामा एक सय ४६ जनाको उमेद्वारी दर्ता भएको छ ।
यस्तै, चौकुने गाउँपापलिकामा दुइसय २४ जनाको उमेद्वारी दर्ता हुँदा वराहाताल गाउँपालिकामा एक सय ९७ जनाको उमेद्वारी दर्ता भएको प्रदेश निर्वाचन अधिकारी दुर्गा प्रासाद चालिसेले जानकारी दिनुभयो ।
प्रमुख पदमा ७१ जनाको उमेद्वारी
सुर्खेत जिल्लाभर रहेका ९ वटा स्थानीय तहको प्रमुख पदको लागि मात्रै ७१ जनाको उमेद्वारी दर्ता भएको छ ।
प्रदेश निर्वाचन अधिकारी चालिसेका अनुसार प्रमुख पदमा सबैभन्दा धरै वीरेन्द्रनगरमा १७ जनाको उमेद्वारी परेको छ । भने उपमेयरमा १५ जनाको उमेद्वारी परेको छ । त्यसैगरी, गुर्भाकोटमा नगरपालिकाको मेयर पदमा ७ जनाको उमेद्वारी पर्दा उपमेयरमा ४ जनाको उमेद्वारी दर्ता भएको छ । भने भेरीगंगाको प्रमुख र उपप्रमुखमा ८÷८ जनाको उमेद्वारी परेको छ ।
यस्तो छ उमेद्वारहरुको विवरण