
जागरण
सुर्खेत, २१ बैशाख ।
भनिन्छ नेतृत्व कत्तिकाे सक्षम छ भन्ने संकटका बेला प्रमाणित हुन्छ । वीरेन्द्रनगर नगरपालिकाका निवर्तमान उपप्रमुख माेहनमाया ढकालकाे हकमा यही भनाइ व्यवहारमा आइलाग्याे । २०७६ चैत ३ गतेदेखि उपप्रमुख ढकाललाई वीरेन्द्रनगर नगरपालिकाको कार्यवहाक प्रमुखको जिम्मेवारी आयो । कार्यवहाकको जिम्मेवारी दिएर प्रमुख देवकुमार सुवेदी श्रीमतीको उपचारका लागि भारत गए ।
ढकालले कार्यवहाक मेयरको जिम्मेवारी पाउँदा चिनबाट सुरु भएको कोभिड–१९ को त्रास नेपालमा पनि बढ्न थालेको थियो तर फैलिइसकेको थिएन् । दिन दिनै कोभिड संक्रमण र त्यससम्बन्धी त्रास बढ्दै गएको थियो । २०७६ चैत ११ गतेदेखि भने नेपाल सरकारले देशभर लकडाउन ग¥यो । ढकाले कार्यवहाक सम्हालेकै बेला अकल्पनीय विपती आइलाग्यो । एक्कासी आइलागेको महामारी र लडकडाउनको कसरी सामना गर्ने भन्ने वीरेन्द्रनगरसंग कुनै पूर्व योजना थिएन् । तर कार्यवहाक प्रमुख ढकालले नेतृत्वमा भने हार खाइनन् । ढकालले कार्यपालिका र कर्मचारीहरुको बैठक छलफलबाट तत्कालिक योजना बनाउदै अघि बढिन् ।

कोभिड १९ ले सिर्जना गरेको चुनौतीलाई ढकालले अबसरमा बदलिन् । दिन रात भोक प्यास नभनी महामारीका बेला उनले नगरपालिकामा सक्षम नेतृत्व दिइन् । प्रदेश राजधानी र प्रवेशद्वार पनि भएकाले वीरेन्द्रनगरले अन्य पालिका भन्दा थप व्यवस्थापन गर्नुपर्ने थियो । प्रदेश भित्रिने व्यक्तिहरुलाई वीरेन्द्रनगरका विभिन्न ठाउँमा क्वारेण्टिनमा र संक्रमितलाई आइसोलेसनमा राखियो । नागरिक सममाज, विभिन्न सहयोगी समूह र प्रदेश सरकारसंग समन्वय गरेर व्यवस्थापकीय जिम्मेवारी सफलतापूर्वक ढकालले निर्वाह गरिन् । आफूमाथि हुनसक्ने जोखिमको वेवास्ता गर्दै ढकालले क्वारिन्टिन र आइसोलेसनहरुमा आफै पुगेर परामर्श गर्दै कोभिडलाई परास्त गर्न सरकार साथमा रहेको ढाडस दिँदै हिडिन् । ‘आफ्नो भन्दा पनि नागरिकको स्वास्थ्य र सुरक्षा ठूलो हो भन्ने सोचेर दिन रात नभनेर हिडियो, क्वारेन्टिनदेखि आइसोलेशनमा पनि आफैँ पुँग्थे’ उनले पहिलो लकडाउनको समय सम्झिदै भनिन्‘साँचिकै भन्ने हो भने पछि सम्झिदा डर लाग्थ्यो तर त्यतिबेला नडराएर नेतृत्वको जिम्मेवारी निभाएको थिएँ ।’ जनप्रतिनिधिहरुको पूर्ण साथ सहयोगले कोभिडको अकल्पनीय महामारीका बेला सफल नेतृत्व दिन सकेकोमा अहिले सम्झिदा गर्भ महसुश हुने ढकाल बताउँछिन् ।
सुरुमा कोभिडको लकडाउन लम्बिदै जाँदा खाधान्न सकिएर अप्ठेरोमा परेका २२ हजार परिवारलाई नगरपालिकाले खाधान्न सहयोग ग¥यो । तथा वीरेन्द्रनगरले लकडाउनका बेला समस्यामा परेका व्यक्तिहरुका लागि हटलाइन सेवा मार्फत सहयोग उपलब्ध गराउने कार्य अन्य पालिकाहरुले समेत आत्मसाथ गरे ।

लकडाउन लम्बिदै जाँदा आर्थिक बर्ष पनि सकिदै थियो । सुरुमा ठप्प भएको विकास निर्माणलाई सुरक्षाका मापदण्ड अपनाएर अघि बढाउने निर्णय ढकालले गरिन् । महामारीकै बीच ८६ प्रतिशत बजेट कार्यान्वयन गर्न नगरपालिका सफल भयो । कोभिडकै बीचमा नयाँ बजेट पनि निर्माण गर्नुपर्ने थियो । ढकालले २०७७÷०७८ को नीति कार्यक्रम तथा बजेट निर्माणको पनि नेतृत्व गरिन् ।
चैतमा कार्यवहाक दिएर भारत गएका प्रमुख सुवेदी भदौमा मात्र जिम्मेवारीमा फर्किए । लकडाउन र कोभिड महामारीको उच्च संकटको छ महिना उपप्रमुख ढकालले नगरपालिकालाई सफल नेतृत्व प्रदान गरिन् । ‘संकटको बेलामा उप्रमुखले सफल नेतृत्व दिनुभयो रात दिन नभनी उहाँ आफै खट्नु हुन्थ्यो त्यसले हामीलाई पनि उर्जा मिल्थ्यो’वडा नं. २ का अध्यक्ष बलबहादुर रोकाय भन्छन,‘त्यस प्रमुख नभएको कुनै आभास भएन ।’ सहज परिस्थितिमा पनि प्रमुख उपप्रमुखको जिम्मेवारी सम्हाने दुई जनाको जिम्मेवारी छ । तर संकटको बेला ढकालले दुबै पदको जिम्मेवारी सफलतापूर्वक एक्लै निर्वाह गरेको भन्दै नगरपालिका भित्र र जनस्तरमै प्रशंसा हुने गरेको छ ।
२०७४ को निर्वाचनबाट एमालेले उपप्रमुखसहित १० मध्य दश वडा जित्यो प्रमुखमा भने काँग्रेसबाट प्रमुखमा निर्वाचित भए । काँग्रेसले पाँच वडा मात्र जितेपछि मेयर सुवेदी कार्यपालिका र नगरसभामा अल्मतमा परे । कार्यपालिका र नगरसभामा दरिलो उपस्थिती भएपछि उपप्रमुख ढकालले बहुमतसहितको सशक्त नेतृत्व सम्हालिन् । नगरपालिकाले बनाउने योजना, नीति कार्यक्रम र बजेटमा पनि उपप्रमुख ढकालकै दबदवा रह्यो । उपमेयर भएपनि बहुमतको नेतृत्व गरेको हुँदा ढकालले अधिकांस आफ्ना योजनाहरु नीति तथा कार्यक्रम र बजेट मार्फत कार्यान्वयन गर्ने मौका पाइन् । भौतिक पूर्वाधारदेखि सामाजिक सुरक्षाका थुप्रै नमूनायोग्य कार्यक्रम वीरेन्द्रनगरले कार्यान्वयन गरेको छ । विशेषगरी सामाजिक सुरक्षा तर्फका कार्यक्रमहरुमा छोरी जन्म बचत खाता कार्यक्रमलाई पछि प्रदेश सरकारले पनि उदारणका रुपमा लिएर सञ्चालन गरेको छ । यस्तै महिला स्वरोजगार कार्यक्रम, गर्भवती महिलाहरुका लागि निशुल्क भिडयो एक्सरे जाँच तथा सुत्केरी हुन आउदा जादा निशुल्क एम्बुलेन्स सेवा, गरीब विपन्न असाहय नागरिकहरुका लागि निशुल्क कानुनी सहयाता, महिला तथा बाल विशेषज्ञसहितको नगर अस्पताल सञ्चालनका कार्यक्रमको जसको प्रमुख जस ढकाललाई नै जान्छ ।
ढकाललाई बैशाख ३० गते हुने निर्वाचनका लागि नेकपा एमालेले वीरेन्द्रनगरको मेयरमा उमेद्वार बनाएको छ । ढकाल २०७४ सालको निर्वाचनबाट लोकप्रिय मतका साथ उपप्रमुखमा बिजयी भएकी थिइन् ।

