सुर्खेतमा लागु औषध दुर्व्यसनकाे अवस्था डरलाग्दो

सुर्खेत, ११ असार (जागरण) । पछिल्लो समय सुर्खेतमा बालबालिकाहरु लागु औषधको दुव्र्यसनमा फस्दै गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा मुख्य गरी यो समस्या देखिएको हो । दुव्र्यसन विरुद्ध काम गर्दै आईरहेको भैरब युवा सशक्तिकरण केन्द्र सुर्खेतले बालबालिकाहरु दुव्र्यसनमा फस्दै गएको र पुनःस्थापनामा समेत चुनौति थपिएको जनाएको हो ।
केन्द्रले पछिल्ला दिनमा बालबालिकासँगै किशोर किशोरीहरुसमेत दुव्र्यसनको शिकार बनेको जनाएको छ ।
यसैबिच, लागुपदार्थ ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा भोली वीरेन्द्रनगरमा सचेतनामुलक ¥याली निकालिने भएको छ ।
यसै विषयमा केन्द्रित रहेर हामीले लामो समयदेखि दुव्र्यसनविरुद्ध काम गर्दै आईरहेको सुर्खेतस्थित भैरव युवा शसक्तिकरण केन्द्रका अध्यक्ष ललित भट्टराईसँग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मी प्रभा रावतले सुर्खेतमा लागु औषध दुव्र्यसनको अवस्था कस्तो छ भनेर सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी ।