कर्णालीमा ३ हजार ३० पदका लागि १३ हजार ६५ जनाको उमेद्वारी

सुर्खेत,२३ बैशाख  ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कर्णाली प्रदेशभरबाट १३ हजार ६५ जना उमेद्वारहरु चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
पालिका प्रमुख उपप्रमुख वडा अध्यक्ष र सदस्य पदका लागि उक्त संख्यामा उमेदवारी दिएका हुन् । जसमध्य बैशाख ३० गते हुने निर्वाचनबाट ३ हजार ३० जना जनप्रतिनिधि चयन हुनेछन् छन् । ७९ जना प्रमुख र ७९ उपप्रमुख ७१८ वडा अध्यक्ष ७१८ वडा दलित महिला सदस्य, ७१८ नै खुला वडा महिला सदस्य र १ हजार ४३६ खुला सदस्य चयन हुनेछन् ।
कर्णाली प्रदेशका १० जिल्लामा २५ नगरपालिका र ५४ गाउँपालिका गरी ७९ स्थानीय तह तथा ७१८ वटा वडा रहेका छन् । प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार सबै भन्दा बढी सुर्खेतमा २ हजार ८४ जना उमेदवार छन् । जस मध्य पालिका प्रमुखमा ६१ उपप्रमुखमा ५२ वडा अध्यक्षमा ४६० वडा महिला सदस्यमा ३८६ वडा दलित सदस्यमा ३४० र खुला सदस्यमा ७८५ जनाले उमेदवार दिएका छन् । सुर्खेतमा ९ पालिका र ९९ वडा रहेका छन् । सबै भन्दा कम डोल्पामा ७२० जना उमेदवार छन् । डोल्पामा पालिका प्रमुखमा २४ उपप्रमुखमा २७ वडा अध्यक्षमा २७५ वडा महिला सदस्यमा १३५ वडा दलित महिला सदस्यमा ८१ र खुल्ला सदस्यमा २७८ जना उमेदवार रहेका छन् । सल्यानमा १ हजार ४८२, रुकुम पश्चिममा ९०२, जाजरकोटमा १ हजार २०३, जुम्लामा १ हजार २९६ जना उमेदवार छन् । हुम्लामा ९२०, मुगुमा ८४४, कालिकोटमा १ हजार ८४९ र दैलेखमा १ हजार ७६५ उमेदवार छन् ।