दैलेखमा सकेट बम फेला

सुर्खेत, २५ बैशाख (जागरण) । दैलेखमा सकेट वम भेटिएको छ । जिल्लाको आठबीस नगरपालिका–६ रोलमा वम भेटिएको हो ।
आज दिउँसो करिव २ बजे वम भएको आशंकामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक भुवनेश्वर शाहले स्थानीयले बारी खनजोत गर्ने क्रममा सकेट बम भेटेको जानकारी दिनुभयो ।
शाहका अनुसार वम भेटिएको स्थलमा नेपाली नेपाली सेना, नेपाल प्रहरी सहितको टोली पुगिसकेको छ ।
रोलमा युद्धकालीन अवस्थामा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीको ब्यारेक बसेको थियो ।
तत्कालीन समयमा जमिनमुनी लुकाइएको वम अहिले भेटिएको हुनसक्ने आंशका गरिएको प्रहरी नायव उपरीक्षक शाहले बताउनुभयो ।
२०६७ सालमा यहाँबाट ब्यारेक हटाइएपछि अहिलेसम्म ४ वटा बम निष्क्रिय पारि सकिएको छ ।