दैलेखमा माओवादीको पहिलो जित

जागरण
सुर्खेत, ३१ बैशाख ।
नेकपा माओवादी दैलेख जिल्लामा पहिलो पटक वडा अध्यक्ष जितेको छ ।
नेकपा माओवादी केन्द्रबाट डुङ्गेश्वर गाउँपालिका–१ को वडाध्यक्षमा श्याम राना विजयी भएका हुन् । राना ७ सय ८१ मत प्राप्त गरेका छन् । उनका निकटम् प्रतिस्पर्धी एमालेका लोकबहादुर डांगीले भने ५ सय २४ मतमा प्राप्त गरेका छन् । उक्त वडामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको गठबन्धन थियो । वडाध्यक्ष रानासहित गठबन्धनको प्यानल नै विजयी भएको छ । २०७४ मा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रले जिल्लाभर एक वडा सदस्यमा मात्रै जितेको थियो ।