सल्यानको कुमाख गापा ७ मा माओवादी केन्द्रको प्यानल विजयी

जागरण सुर्खेत, ३१ बैशाख ।
सल्यानको कुमाख गाउँपालिका वडा ७ मा माओवादी केन्द्रको प्यानल विजयी भएका छन् । वडा ७ मा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार डम्बर शाही विजयी हुनुभएको हो ।
शाहीले ६ सय ४३ मत लिई विजयी भएका हुन् भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेस(एमाले गठबन्धनका उम्मेदवार एमालेका कवि चन्दले ५ सय ९५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी महिला सदस्य, दलित महिला सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् । वडा–७ माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार डिल्लीराज जैशीको वडा हो । कुल मतदाता १ हजार ९ सय ८९ रहेको वडा ७ मा १ हजार ३ सय ३८ मत खसेको थियो ।