जागरण
सुर्खेत, बैशाख ३१ । दैलेखको नौमूले गाउँपालिका वडा नम्बर १ र २ मा नेपालि काँग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १ को वडाध्यक्षमा रुपेशकुमार थापामगर र २ को वडा अध्यक्ष पदमा दुर्गप्रसाद न्यौपाने विजयी भएका हुन् ।
वडा नम्बर १ को अध्यक्षमा विजयी भएका थापामगरले ४ सय मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका नामाखर शर्माले ३ सय ८६ मत प्राप्त गरेका छन् ।
यस्तै एकीकृत समाजवादीका हरिबहादुर थापामगरले ३ सय मत प्राप्त गर्नुभएको हो । वडा नम्बर २ मा विजयी भएका दुर्ग प्रसाद न्यौपानेले ४ सय ८२ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।
एमालेका उम्मेदवारले ४ सय ५ र माओवादी केन्द्रका उम्मेदवारले ३ सय ११ मत प्राप्त गरेका जनाइएको छ ।
